काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द्र (विप्लव) बीच भेटवार्ता भएको छ ।
प्रचण्ड निवास खुमलटारमा भएको उक्त भेटमा तत्कालै दुवै पार्टीबीच सहकार्य गर्दै जाने छलफल भएको बताइएको छ ।
उक्त भेटमा अध्यक्ष प्रचण्ड नेता कृष्ण बहादुर महरा र विप्लव रहेको बताइएको छ । भेटका क्रममा तत्काल दुवै पार्टीबीच सहकार्य र पछि एकता गर्ने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।
लामो समय भुमिगत रुपमा रहेका विप्लव गत फागुनमा तीन बुँदे सहमतीसहित शान्तिपुर्ण राजनीतिमा फर्किएपछि पार्टीका नेता धमेन्द्र वास्तोलासहित प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । file photo
वि.सं.२०७८ मंसिर ४ शनिवार १३:२४ मा प्रकाशित





























