back
CTIZAN AD

आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सञ्चार उपकरण प्रदान

वि.सं.२०७८ मंसिर १३ सोमवार

750 

shares

काठमाडौँ । गृह मन्त्रालयअन्र्तगतको आपत्कालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि विभिन्न सञ्चार उपकरण उपलब्ध गराइएको छ । एशियाली विपद् पूर्वतयारी केन्द्र(एडिपिसी)को कोभिड-१९ परियोजनाअन्तर्गत राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र(एनडिआरसी) मार्फत रु १८ लाख ८६ हजार ४२२ मूल्यका ती सामान हस्तान्तरण गरिएको हो ।

आज आयोजित कार्यक्रममा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेलाई एडिपिसीका राष्ट्रिय प्रतिनिधि मानबहादुर थापाले ती सामग्री हस्तान्तरण गरे । सहसचिव पाण्डेले यस केन्द्रको क्षमता अभिवृद्धिका लागि विभिन्न उपकरण उपलब्ध गराइएकामा आभार व्यक्त गर्दै यसबाट दैनिक कार्य सञ्चालनमा सहज हुने बताए ।

एडिपिसीका राष्ट्रिय प्रतिनिधि थापाले सरकारसँग नजिक रहेर विपद् व्यवस्थापनका कार्य गर्ने लक्ष्यअनुसार नै उक्त केन्द्रको क्षमता वृद्धिका लागि केही सञ्चार उपकरण प्रदान गरिएको बताउँदै आगामी दिनमा पनि यस किसिमको सहयोग जारी रहने बताए । एनडिआरसीका कार्यकारी निर्देशक श्यामसुन्दर ज्ञवालीले एपिपी कोभिड-१९ परियोजनाअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमबारे जानकारी दिँदै उक्त केन्द्रको कार्यक्षमता बढाउन आज उपलब्ध गराइएका सञ्चार सामग्रीले सहयोग पुग्ने बताए ।
रासस

वि.सं.२०७८ मंसिर १३ सोमवार १४:५९ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...