काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सोमबार काठमाण्डौंमा आयोजित घोषणासभामा अध्यक्ष थापाले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
मंसिर १५ (बुधबार) देखि काठमाडौंमा सुरु हुने पार्टीको महाधिबेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै थापाले आफूले केही नगरी नहुने अधुरा काम रहेकाले त्यसलाई पूरा गर्नका लागि फेरि अध्यक्ष पदमा उम्मेदवारी दिएको घोषणा गरेका हुन् ।
अध्यक्ष पशुपति शम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको आर्शिवाद लिएर उम्मेदवारी घोषणा गर्न आएको बताएका छन् ।
राप्रपाको अध्यक्ष पदमा यसअघि (बिहीवार) सांसद तथा पार्टीका महामन्त्री राजेन्द्र लिङदेनले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
उनले आफुले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर अन्य ठूला पार्टीका युवाहरुलाई चुनौती दिएको बताउँदै अर्का अध्यक्ष कमल थापालाई सजिलै जित्न सकिने समेत बताएका थिए ।
वि.सं.२०७८ मंसिर १३ सोमवार १५:०९ मा प्रकाशित






























