back

नगरपालिकाद्वारा विपन्न परिवारलाई मौरीसहितको घार वितरण

वि.सं.२०७८ मंसिर १३ सोमवार

279 

shares
NTC AD
Global IME AD

दमौली । तनहुँको भिमाद नगरपालिकाले विपन्न समूहलाई मौरीसहितको घार वितरण गरेको छ ।

नगरपालिकाले ‘उपप्रमुखसँग लक्षित समूह’ कार्यक्रमअन्तर्गत विपन्न परिवारलाई उक्त घार वितरण गरेको हो । विभिन्न वडामा रहेका अशक्त, अपाङ्ग, दलित, एकल र विपन्न महिलाको आयआर्जन बढाउने उद्देश्यले मौरीको घार वितरण गरिएको नगरपालिकाका उपप्रमुख शारदा खनालले जानकारी दिए ।

लक्षित समूहलाई राज्यको पहुँचमा हामी पनि छौँ भन्ने महसुस गराउनलाई उक्त कार्यक्रम चलाइएको उनले बताए । “एक, वर्ष हामीले निःशुल्क मौरीको घार वितरण गर्यौँ । त्यतिबेला लगेका घारमा आम्दानी नहुनेले मौरी राख्न नसकेर थन्क्याइएको पाइयो”, उनले भने, “त्यसैले यतिबेला हामीले मौरीसहितको घार उपलब्ध गराएका हौँ ।”

एउटै घारबाट पनि राम्रो आम्दानी लिन सकिने उनको भनाइ थियो । नगरवासी सबैलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने लक्ष्य नगरपालिकाले लिएको छ । गत आर्थिक वर्षदेखि भिमादमा उक्त कार्यक्रम सुरू भएकामा पहिलो वर्ष लक्षित समूहमा पर्ने ४८ जनालाई मौरीसहितको घार वितरण गरिएको नगरपालिकाका पशु सेवा शाखाका प्रमुख मुक्ति पौडेलले बताए । कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको थियो ।

यस वर्ष पनि रु पाँच लाख विनियोजन गरेर लक्षित समूहमा परेका ४९ जनालाई घार वितरण गरिएको हो । नगरपालिकाले मौरीसहितको एउटा घारलाई रु १० हजारमा खरिद गरेको थियो । मौरीपालनबाट राम्रो आम्दानी लिएर एउटै घारबाट पनि थप घार विस्तार गर्न सकिने उनको भनाइ थियो ।
रासस

वि.सं.२०७८ मंसिर १३ सोमवार १५:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले...

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...