back
CTIZAN AD

नगरपालिकाद्वारा विपन्न परिवारलाई मौरीसहितको घार वितरण

वि.सं.२०७८ मंसिर १३ सोमवार

1.1K 

shares

दमौली । तनहुँको भिमाद नगरपालिकाले विपन्न समूहलाई मौरीसहितको घार वितरण गरेको छ ।

नगरपालिकाले ‘उपप्रमुखसँग लक्षित समूह’ कार्यक्रमअन्तर्गत विपन्न परिवारलाई उक्त घार वितरण गरेको हो । विभिन्न वडामा रहेका अशक्त, अपाङ्ग, दलित, एकल र विपन्न महिलाको आयआर्जन बढाउने उद्देश्यले मौरीको घार वितरण गरिएको नगरपालिकाका उपप्रमुख शारदा खनालले जानकारी दिए ।

लक्षित समूहलाई राज्यको पहुँचमा हामी पनि छौँ भन्ने महसुस गराउनलाई उक्त कार्यक्रम चलाइएको उनले बताए । “एक, वर्ष हामीले निःशुल्क मौरीको घार वितरण गर्यौँ । त्यतिबेला लगेका घारमा आम्दानी नहुनेले मौरी राख्न नसकेर थन्क्याइएको पाइयो”, उनले भने, “त्यसैले यतिबेला हामीले मौरीसहितको घार उपलब्ध गराएका हौँ ।”

एउटै घारबाट पनि राम्रो आम्दानी लिन सकिने उनको भनाइ थियो । नगरवासी सबैलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने लक्ष्य नगरपालिकाले लिएको छ । गत आर्थिक वर्षदेखि भिमादमा उक्त कार्यक्रम सुरू भएकामा पहिलो वर्ष लक्षित समूहमा पर्ने ४८ जनालाई मौरीसहितको घार वितरण गरिएको नगरपालिकाका पशु सेवा शाखाका प्रमुख मुक्ति पौडेलले बताए । कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको थियो ।

यस वर्ष पनि रु पाँच लाख विनियोजन गरेर लक्षित समूहमा परेका ४९ जनालाई घार वितरण गरिएको हो । नगरपालिकाले मौरीसहितको एउटा घारलाई रु १० हजारमा खरिद गरेको थियो । मौरीपालनबाट राम्रो आम्दानी लिएर एउटै घारबाट पनि थप घार विस्तार गर्न सकिने उनको भनाइ थियो ।
रासस

वि.सं.२०७८ मंसिर १३ सोमवार १५:१८ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...