back
CTIZAN AD

नेप्सेमा दोहोरो अकंको गिरावट, १ कम्पनीको सेयर मूल्यमा लाग्यो नकारात्मक सर्किट

वि.सं.२०७८ मंसिर १३ सोमवार

786 

shares

१३ मंसिर, काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजार (नेप्से) २१ दशमलब ५१ अकंले घटेर २६२९ दशमलब ९७ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ५ दशमलब ९२ अकंले घटेर ४९५ दशमलब ५३ बिन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२८ कम्पनीको ४ अर्ब ८९ लाख ३७ हजार १ सय ३३ रुपैंया बराबरको ८२ लाख २५ हजार ८२२ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ५१ हजार १ सय ३८ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा महालक्ष्मी विकास बैंक, नेशनल हाईड्रोपावर, आईसीएफसी फाइनान्स, नेपाल टेलिकम, नविल बैंक, साइन रेसुङ्गा डेभेल्पमेन्ट बैँक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा महालक्ष्मी विकास बैंक, नेशनल हाईड्रोपावर, एचआईडिसियल, साइन रेसुङ्गा डेभेल्पमेन्ट बैँक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज नेप्सेमा दोहोरो अकंको गिरावट आउँदा पनि २ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज न्यादी हाईड्रोपावर कम्पनी र सामलिङ्ग पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यसैगरी आज १ कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज आईसिएफसी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

वि.सं.२०७८ मंसिर १३ सोमवार १५:२२ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...