दाङ । नेकपा माओवादी केन्द्र घोराही उपमहानगर दाङको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।
शनिवार सम्पन्न सम्मेलनले घोराही उपमहानगर पालिका अध्यक्षमा प्रमोद शर्मालाई निर्वाचित गरेको छ ।
सम्मेलनबाट शर्मा सहित ८१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा शुशिला शमार्, खिमबहादुर चौधरी, रमेश ओली, सचिवमा भागिदास चौधरी, सहसचिवमा मने विश्वकर्मा र कोषाध्यक्षमा दिलकुमारी बुढा निर्वाचित भएका छन ।
सम्मेलनलाई माओवादी केन्द्र स्थायी कमिटी सदस्य एबम प्रबक्ता कृष्ण बहादुर महारा लगायतले सम्बोधन गरेका थिए ।
वि.सं.२०७८ मंसिर १३ सोमवार १४:४१ मा प्रकाशित






























