back
CTIZAN AD

‘प्रधानन्यायाधिशविरुद्ध महाअभियोग लगाउने विषयमा राजनीतिक दलहरुको छलफलपछि निर्णय लिइने’

वि.सं.२०७८ मंसिर १८ शनिवार

864 

shares

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषय गठबन्धन र राजनीतिक दलहरूबीच सहमतिका आधारमा मात्र प्रष्ट हुने बताएका छन् ।

चितवनमा आयोजित प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष दाहालले महाअभियोग र एमसिसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशङ्का भइरहेको भन्दै गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वानसमेत गरे ।

अध्यक्ष दाहालले दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउँदै लोकतन्त्रको सुदृढीकरणका निम्ति प्रेस स्वतन्त्रता आवश्यक रहेको समेत बताए ।
“विगतको सरकारले जे–जस्ता ऐन बनाएर कहीँ न कहीँ प्रेस जगत्लाई अङ्कुश लगाउने जे–जस्ता ऐन बनेका छन् तिनलाई खारेज गरिने छ, यो हुन दिइने छैन ।” यस विषयमा पाँच दलीय गठबन्धनमा छलफल सुरु भइसकेको जनाउँदै उनले प्रधानमन्त्रीसँग पनि कुरा भइरहेको जानकारी दिए । उनले भने– “त्यसो हुन दिइने छैन, जति प्रेस बलियो हुन्छ, जति पत्रकार जिम्मेवार र सङ्गठित हुन्छन् त्यति लोकतन्त्र सुदृढ र समाजवादको आधार तयार हुन्छ ।” स्वतन्त्र प्रेससँगै समाजवादको दिशातर्फ अघि बढ्ने कामको सुनिश्चितता हुने उनको भनाइ थियो ।

उनले अहिले पनि प्रतिक्रान्तिकारी र प्रतिगमनकारी सलबलाइराखेका बताए । “कहीँ न कहीँ गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि, प्रेसलाई कमजोर पार्न सकिन्छ कि, प्रेसमार्फत भ्रम छर्न सकिन्छ कि भनेर त्यो षड्यन्त्र अझै पनि जारी छ ।” अध्यक्ष दाहालले भने ।

राजनीतिकरूपमा चितवन परिचित बन्दै गएको जनाउँदै उनले भने, “प्रचण्डलाई मन पर्नेले पनि चितवन रोज्ने भए, नपर्नेले पनि चितवन रोज्ने भए, मन परेर आउनेलाई पनि धन्यवाद मन नपरेर आउनेलाई पनि धन्यवाद ।” देशका सबै कम्युनिष्टबीचको एकता अझै पनि आवश्यक रहेको दाहालको भनाइ थियो । सच्चा र इमान्दार कम्युनिष्ट एकताबद्ध हुनुपर्ने उनले बताए ।

सो अवसरमा अध्यक्ष दाहालले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषय गठबन्धन र राजनीतिक दलहरूबीच सहमतिका आधारमा मात्र हुने प्रष्ट पारे । महाअभियोग र एमसिसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशङ्का भइरहेको भन्दै उनले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वानसमेत गरे । उनले छलफलबाट मात्र टुङ्गोमा पुगिने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले सरकार परिवर्तन भए पनि प्रेस स्वतन्त्रता विरोधी ऐन, कानुन बन्ने प्रक्रिया नरोकिएकाले नयाँ सरकारको अनुभूति प्रेसले पाउन नसकेको बताए ।

कार्यक्रममा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष अमृता थापा, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंह, नेकपा (माओवादी केन्द्र)का प्रवास अध्यक्ष ओम शर्मा, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष महेश्वर दाहाललगायतले बोलेका थिए ।
महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार सम्पन्न हुँदै छ । महाधिवेशनमा देशभरबाट ८०० हाराहारी प्रतिनिधि सहभागी भएको केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीले बताए ।

 

वि.सं.२०७८ मंसिर १८ शनिवार १७:२५ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...