काठमाडौं । सभापतिको आंकाक्षी देखिएका प्रकाशमान सिंह र शेखर कोइराला संस्थापनइतरको समूहभित्रै कमजोर देखिएका छन् । सभापतिको उम्मेदवार छनोट गर्न मंगलबार बसेको भेलामा दुई नेताको पक्षमा कुनै पनि नेताहरु खुलेनन् ।
भेलामा नेताहरुले कुनै एक व्यक्तिको मात्रै नाम लिने कुरा गलत हुने भन्दै अस्वीकार गरेका थिए । नेताहरुले व्यक्तिगत दाबेदारी नदिई सहमतिमा नाम टुंग्याउन शीर्ष नेताहरुलाई सुझाब दिएका छन् । नेताहरुले सिंह र कोइरालालाई व्यक्तिगत हिसाब नगर्न चेतावनीपूर्णं आग्रह गरेका थिए ।
आफ्नो पक्षमा माहोल बनाउन तात्तिएका सिंह र कोइराला नेताहरुको अभिव्यक्तिसँगै पछि हटेका छन् । नेताहरुले रामचन्द्र पौडेलसहित सभापतिमा आंकाक्षी सबै मिलेर सहमति गर्नुपर्ने सुझाब दिएका थिए ।
बैठक निष्कर्षमा पुग्न नसकेपछि नेताहरुले अहिले बेग्ला–बेग्लै छलफलमा जुटेका छन् । वरिष्ठ नेता पौडेल नेता कृष्णप्रसाद सिटौलालाई भेट्न पुगेका छन् ।
वि.सं.२०७८ मंसिर २२ बुधवार १३:४९ मा प्रकाशित




























