काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा पार्टी सदस्यता लिनेको संख्या ८ लाख नाघेको छ । माओवादी केन्द्रले जनाएअनुसार कम्प्युटर सफ्टवेयरमा ८ लाख २५ हजार सदस्यको नाम इन्ट्री भइसकेको छ ।
जनाइएअनुसार थप ६० हजार निवेदकको भने कम्प्युटर सफ्टवेरमा इन्ट्री हुन बाँकी छ । केन्द्रले सक्रिय पार्टी सदस्यताको संख्या ९ लाख पुग्ने अनुमान गरेको छ ।
पार्टी सदस्यताको लागि सबैभन्दा बढी कैलाली जिल्लाबाट निवेदन परेका थिए । बताइएअनुसार कैलालीबाट २९ हजार एक सय ६ जनाले सदस्यता लिएका छन् । कैलालीपछि गोरखाबाट २५ हजार ५ सय २६ जनाले सदस्यता लिएका छन् ।
वि.सं.२०७८ मंसिर २२ बुधवार १७:५२ मा प्रकाशित




























