back
CTIZAN AD

भक्तपुर हत्याकाण्डः ऋण तिर्नु नपरोस् भनेर आफ्नै साथीले प्राणपखेरु उडाइदिए

वि.सं.२०७८ मंसिर २२ बुधवार

699 

shares

भक्तपुर । आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको फर्माले हानेर हत्या गरेका छन् ।

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक–१ सिरुटार पुरानो घर भई सूर्यविनायक–३ बस्ने श्रेष्ठको गएराति पौने १० बजे कुटपिट गरी फर्माले हानेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा बालकोट बस्ने राजनकै साथी करिब ३२ वर्षीय हेमन्त श्रेष्ठ र मजदुरी गर्ने प्रेम विकलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिव श्रेष्ठले बिहान अपराध अनुसन्धान महाशाको टोली र जिल्लाको प्रहरी कार्यालयको टोलीसहित तालिम प्राप्त कुकुरको सहायताबाट घटनाबारे थप रहस्य खुलाउँदै हत्याको घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ गरी अनुसन्धान गरेको जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त थिमि, प्रहरी परिसर भक्तपुर र अपराध अनुसन्धान महाशाखाको टोलीले गरेको अनुसन्धानमा प्रहरीले जानकारी दिएको छ । यसबारेमा महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले अनुसन्धान जारी रहेको बताए । उनका अनुसार राजनले हेमन्तसँग लिनुपर्ने पैसा दिन्छाँै भन्दै हेमन्तले गठ्ठाघरबाट सँगै लगेर फलामे पुल तरेपछि एकान्त ठाउँमा पु¥याएर कुटपिट गरेको र प्रेमले फर्माले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेनदेनबाटै घटना सृजना भएको पाइएको उनले बताए । हत्या गर्ने र शवसमेत गायब पार्ने गरी योजनाबद्ध रुपमा घटना घटाइएको पाइएको प्रहरीको भनाइ छ । राति कुटपिट गरेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरेर प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर लैजाँदा अस्पतालले मृत्यु भएको जानकारी गराएको उनले जानकारी दिए । मृतक श्रेष्ठको मुख र निधारमा गहिरो चोट लागेको थियो ।रासस

गाडी पार्किङ गरी घर जान हिँडेका श्रेष्ठको कुटपिट गरी हत्या

 

वि.सं.२०७८ मंसिर २२ बुधवार १९:३१ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...