back
CTIZAN AD

भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा सेनाका पूर्व प्रमुख रावतको मृत्यु भएको पुष्टि

वि.सं.२०७८ मंसिर २२ बुधवार

975 

shares

दिल्ली । भारतीय सेनाका पूर्व प्रमुख बिपिन रावतको हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएको पुष्टि भएको छ ।

भारतका पूर्वसेना प्रमुख तथा हालका चीफ अफ डिफेन्स स्टाफ रावत र उनकी श्रीमती मधुलिका रावतको तमिलनाडुको कुन्नुरमा स्थानीय समय अनुसार बुधवार दिउँसो १२ः२० मा भएको भारतीय सेनाको आईएएफ एमआई १७ भी ५ हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएको पुष्टि भारतीय एयरफोर्सले ट्विटरमार्फत् जानकारी दिएको छ ।

यसअघि गम्भीर रहेको भनिएको रावतलाई उपचारका लागि अस्पताल लगिएको भनिएपनि हाल उनको मृत्यु भएको पुष्टि गरिएको भारतीय समाचार एजेन्सीले जनाएका छन् ।

रावत दम्पत्तीसहित सेनाका १३ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि भएको र एकजना गम्भीर घाईते भएको बताइएको छ । दुर्घटनामा मृत्यु हुनेमा रावत दम्पत्ती सहित ब्रिगेडियर एलएस लिड्डेर र लेप्टिनेन्ट कर्नेल हरजिन्दर सिंह तथा पीएसओहरू नायक गुर्सेवक सिंह, नायक जितेन्द्र कुमार, लेन्स नायक विवेक कुमार, लेन्स नायक एनके बी साइ तेजा र हाव सत्पाल रहेको बताइएको छ ।

रावत बुधवार बिहान तमिलनाडुको सुलुरस्थित सैन्य शिविरबाट विलिङटनस्थित स्टाफ कलेजमा तालिम लिइरहेका अफिसरहरुलाई सम्बोधन गर्न जाने क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको थियो । बाक्लो हुस्सु लागेका कारण हेलिकप्टर दुर्घनामा परेको र त्यसमा आगो लागेकोले शबहरु ८५ प्रतिशत सम्म जलेको समाचार ऐजेन्सीहरुले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनामा परेर रावत लगायतको मृत्यु भएको भन्दै दुःख व्यक्त गरेका छन् । मन्त्री राजनाथ सिंहले रावतको मृत्युले देशलाई ठूलो क्षति पुगेको बताएका छन् ।

भारतमा रक्षा प्रमुख चढेको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु

वि.सं.२०७८ मंसिर २२ बुधवार २०:०३ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...