बर्लिन । जर्मनीको चान्सलरमा ओलाफ स्चोल्ज निर्वाचन भएका छन् । वर्तमान अर्थ मन्त्री समेत रहेका ओलाफलाई बुधबारको संसद बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उनी निर्वाचित भएसँगै वर्तमान चान्सलर एङ्गेला मर्केलको उत्तराधीकारी ओलाफको उदय भएको छ ।
अर्थमन्त्री ओलाफको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिवरल फ्रि डेमोक्रेटस् (एफडीपी)सँग गठवन्धन गरेकाले उनी चान्सलर बन्ने सुनिश्चित पहिले नै भएको थियो ।
विदा हुन लागेकी चान्सलर मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म ओलाफ श्रम मन्त्री बनेका थिए । त्यसपछि उनी सन् २०१५ मा भाइस चान्सलर तथा अर्थमन्त्री बन्नु भएको हो । झण्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर भएर मर्केलले विदा लिन लागेकी हुन् । चान्सलर हुँदा उनी सधैँ विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा पर्दै आउनु आएकी थिइन् ।एएफपी

वि.सं.२०७८ मंसिर २२ बुधवार २०:१४ मा प्रकाशित





























