back
CTIZAN AD

बिद्युतको निर्यात रोकियो, पुनः आयात सुरु

वि.सं.२०७८ मंसिर २३ बिहीवार

735 

shares

नारायण अर्याल, काठमाडौं । ६ महिनासम्म रोकिएको विद्युत्को आयात पुनः सुचारु भएको छ । हिउँद यामको सुरुवातसँगै नेपाली नदिहरुमा पानीको बहावमा कमी आएपछि विद्युत् उत्पादनमा पनि कमी आएको हो । जसका कारण प्राधिकरणले मंसिर २० गतेबाट भारतबाट विद्युत्को आयात सुरु गरेको छ ।

असार २१ गते माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित ४ सय ५६ मेगावाट विद्युत राष्ट्रिय प्रसारणलाइनको ग्रिडमा जोडिएपछि भारतबाट विद्युत् आयात रोकिएको थियो । आन्तरिक रुपमा विद्युत्को मागमा वृद्धि र उत्पादनमा आएको कमीको कारणले आयात गर्नुपरेको प्राधिकरणले जनाएको छ । अहिले प्राधिकरणले दैनिक औसत ७० मेगावाट विद्युत आयात गरेको छ ।

माथिल्लो तामाकोशीको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि आन्तरिक बजारमा पर्याप्त खपतको अभावका कारण उत्पादित विद्युतको खेर गएको अवस्था थियो । रातको समयमा झण्डै ८ सय र दिउसोको समयमा ३ सय मेगावाट सम्म विद्युत् खेर गएको थियो । मंसिरको तेस्रो हप्तासँगै आन्तरिक उपभोगमा वृद्धि हुँदै जाँदा आपुर्तीमा चाप पर्न थालेपछि प्राधिकरणले आयातको सुरुवात गरेको हो । हाल प्राधिकरणले ढल्केबर–मुजफ्फपुरबाट विद्युत्को आयात गर्न सुरु गरेको छ ।

नेपालका नदिहरुमा वर्षाको समयमा पानीको बहाब बढ्ने र हिउँदको समयमा घट्ने गर्दछ । पानीको बहाबका आधारमा विद्युत्को उत्पादन बढ्ने र घट्ने भएकाले वर्षाको तुलनामा हिउँदको समयमा विद्युत्को उत्पादन ५० प्रतिशत भन्दा पनि कम उत्पादन हुने गरेको छ । अहिले सञ्चालनमा रहेका मध्ये माथिल्लो तामाकोशी सबैभन्दा ठूलो आयोजना हो । सो आयोजनाको क्षमता ४ सय ५६ मेगावाट रहेको छ । तर, सुख्खायाममा उत्पादन क्षमता घटेर ९० मेगावाट मात्रै हुने गर्दछ । त्यस्तै, १ सय ४४ मेगावाट क्षमताको कालिगण्डकी जलविद्युत आयोजनाको उत्पादन क्षमता पनि हिउँदको समयमा खुम्चिएर ४७ मेगावाटमा झर्छ ।

गएको असार २१ गते राष्ट्रिय प्रसारणलाइनमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन जोडिएपछि उत्पादन क्षमता १९ सय मेगावाटसम्म पुगेको थियो । सुख्खायाम लागेसँगै उत्पादन खुम्चिएर मंसिर २० गते नेपालको कूल उत्पादन १४ सय ३० मेगावाटमा झरेको छ ।

सञ्चालनमा रहेका मध्ये कुलेखानी मात्रै जलाशययुक्त आयोजना हो । सो आयोजनाबाट मात्रै पानीको सञ्चय गरेर आवश्यक परेको समयमा विद्युत् उत्पादन गर्न सकिन्छ । सो बाहेक अन्य सबै आयोजनाहरु पानीको बहाबमा आधारित रहेका छन् ।

गएको असार २१ गते राष्ट्रिय प्रसारणलाइनमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन जोडिएपछि उत्पादन क्षमता १९ सय मेगावाटसम्म पुगेको थियो । सुख्खायाम लागेसँगै उत्पादन खुम्चिएर मंसिर २० गते नेपालको कूल उत्पादन १४ सय ३० मेगावाटमा झरेको छ । जसमा प्राधिकरणको ५३३ मेगावाट, प्राधिकरणको सहायक कम्पनीको ४६० मेगावाट र निजी क्षेत्रको उत्पादन ४३७ मेगावाट रहेको छ । तर, मंसिर २० गते विद्युतको ‘पिक डिमाण्ड’ माग १५ सय ११ मेगावाटसम्म पुगेको थियो । सो मागअनुसार नेपालको उत्पादन नभएकाले भारतबाट बिजुली किन्न परेको प्राधिकरणका प्रवक्ता शुरेसबहादुर भट्टराईले सञ्चारमाध्यमलाई बताए ।

मन्त्री भुसाल र निर्देशकको दौडधुप, तर ठेकेदारको काममा सुस्तता
निर्माणको अवस्थामा रहेका आयोजनाहरुको काम समयमा नै सक्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निकै दौडदुध गरिरहेका छन् । तर आयोजना निर्माणका जिम्मेवारी लिएका ठेकेदारहरुको काममा सुस्तताको कारणले भने प्रक्षेपणको आधारमा प्रगति नहुने देखिएको छ ।

चालु आवमा कूल १३०० मेगावाट बराबरको विद्युत् प्रणालीमा जोडिने प्रक्षेपण गरिएको थियो । तर अधिकांश आयोजना स्थलमा प्रसारण लाइन र सवस्टेशनको कामले गति अपेक्षित लिन सकेको छैन । रसुवागढी, साञ्जेन र माथिल्लो साञ्जेनको बिजुली जोड्ने प्रसारण लाइन र सवस्टेशनको काम चालु आवमा झण्डै सम्पन्न नहुने देखिएको छ । जनताको जलविद्युत् नाम दिइएका आयोजनाको कामको प्रगति समेत न्यून अवस्थामा रहेको देखिएको छ ।

मन्त्री भुसाल र प्राधिकरणका सिइओ नेपाली उत्पादनले नै मुलकलाई आत्मनिर्भर बनाउनुपर्ने सोंचका साथ अगाडि बढेका छन् । गत आर्थिक वर्षमा नेपालले २३ अर्ब बराबरको विद्युत् आयात गरेको थियो । यसपटकको वर्षायाममा भने नेपालले विद्युत् आयात गर्नुपरेन् । समयमा नै निर्माणधिन आयोजनाहरु सम्पन्न हुन सकेमा देशले ठुलो मात्रामा व्यापार घाटा रोक्ने अवस्था समेत रहने देखिन्छ ।

 

वि.सं.२०७८ मंसिर २३ बिहीवार ०८:२६ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...