काठमाडौं । लक्ष्मी बैंकले २ नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरु सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं. १ को शान्ती चोक र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ५ को उर्लाबारी चोकमा रहेका छन् । साथै, बैंकले आफ्नो ९ औं एक्स्टेन्सन काउन्टर जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं.८ स्थित सेपुखोलामा स्थापना गरेको छ ।
नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १ सय ४० शाखा, ९ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १ सय ७० एटिएम, २ हजार ५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । नयाँ शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, आदि लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आफनो शाखा सेवा विस्तार गर्दै आएको जनाएको छ ।
वि.सं.२०७८ मंसिर २३ बिहीवार ०८:२९ मा प्रकाशित





























