back
CTIZAN AD

राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

वि.सं.२०७८ मंसिर २३ बिहीवार

624 

shares

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा द्विपक्षिय सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अन्तर्गत अब विदेशबाट ईसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरुबाट भुक्तानी हुने जनाइएको छ । साथै अब विदेशमा रहेका नेपालीहरुले सिधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पैसा पठाउन सक्ने भएका छन् ।

ईसेवामनी ट्रान्सफरको सेवा उपभोग गर्न बैंकका खाता ग्राहीहरुले राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एप आर.बि. बि स्मार्ट डाउनलोड गर्नु पर्ने हुन्छ । तत्पश्चात मुलुकभरी तथा संसारका २०० बढी मुलुकमा व्यापक कारोवार विस्तार गरिरहेको रेमिट कम्पनी, ईसेवामनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।

आर.बि बि स्मार्ट अर्थात बैंकको मोबाइल बैंकिंग एप प्रयोग गरेर ईसेवामनी ट्रान्सफर मार्फत देशभरी रहेका ईसेवाका नेटवर्क माझ जहाँपनि रेमिट्यान्स पठाउन वा पाउन सकिनेछ जनाइएको छ । यसैगरी राष्ट्रिय वाणिज्य बैंकबाट ईसेवामनी ट्रान्सफरमार्फत पठाएको आन्तरिक रेमिट्यान्स नेपालभरी रहेका १० हजार भन्दा बढी ईसेवामनी ट्रान्सफरका क्यास पिक–अप काउन्टरहरुबाट पनि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ मंसिर २३ बिहीवार ०८:३२ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...