काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले लघुवित्त परियोजना अन्तर्गत ८ लाख रुपैयाँभन्दा बढी रकम प्रदान गरेको छ ।
बैंकले ग्राहकहरु मृतक सब्रुन निशा र मृतक र फूलमति कोरीको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।
बैंकले शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको परिवार जब्बर अली तेलीलाई ३ लाख ६५ हजार ७ सय ७४ रुपैयाँ ६० पैसा र अर्का ग्राहक फूलमति कोरीको छोरा रामचन्द्र कोरीलाई ४ लाख ५४ हजार १ सय २२ रुपैयाँ ५८ पैसा नगद हस्तान्तरण प्रदान गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मंसिर २१ गते एक कार्यक्रमकाबीच उक्त रकम हस्तान्तरण गरेका हुन् ।
लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बीमा गरिएको हुनाले मृत्यु भएका ग्राहकको काजक्रिया खर्चसहित बैंकले बीमा कम्पनीमा क्षतिपुर्ती दाबी गरी उक्त रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
सिटिजन्स बैंकले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाईमार्फत् वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
वि.सं.२०७८ मंसिर २३ बिहीवार ०८:३४ मा प्रकाशित





























