काठमाडौं । पछिल्ला केही दिनयता देशैभरी चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा बढी चिसो जुम्लामा रहेको छ ।
आज जुम्लाको तापक्रम माइनस ३.५ डिग्रीमा झरेको छ भने अधिकतम तापक्रम १५.७ मापन गरिएको छ ।
त्यसैगरी आज डडेल्धुराको न्यूनतम तापक्रम ५.१ रहेको छ भने अधिकतम् १६.६ रहेको छ । साथै आज काठमाडौंको न्यूनतम् तापक्रम ६.३ रहेको छ भने अधिकतम् तापक्रम २२.० रहेको छ ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।
यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आज दुई प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । आज दिउँसो प्रदेश नं १ को पहाडी भु–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राति पनि प्रदेश नं १ र प्रदेश नं २ का भु–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वि.सं.२०७८ मंसिर २३ बिहीवार ०९:०७ मा प्रकाशित




























