काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्दैछ ।
आगामी पुष ११ देखि १३ सम्म हुने पार्टीको राष्ट्रिय सम्मेलन तथा शनिवारदेखि सुरु हुने प्रदेश सम्मेलनको तयारी तथा निर्णयका बारेमा आज १२ः३० बजेका लागि बैठक डाकिएको बताइएको छ ।
यसअघि वडा र पालिका सम्मेलन गरेर नेतृत्व चयन गरिसकेको माओवादी केन्द्रले मंसिर २५ र २६ सम्म प्रदेश सम्मेलन र पुष ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
वि.सं.२०७८ मंसिर २३ बिहीवार ०९:३६ मा प्रकाशित




























