काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सम्बोधन प्रभावित बनेको छ । उनले सम्बोधन गर्दै गर्दा प्राविधिक समस्याले माइक बन्द भएपछि उनको सम्बोधन प्रभावित बनेको हो ।
माइक बने पनि ओलीले भने आफ्नो भनाई बीचमै टुंग्याए । माइक बिग्रिएको कारण केही असन्तुष्ट जस्ता देखिएका ओलीले आफुँले सम्बोधन गरिरहन नपर्ने भन्दै देउवालाई समय दिन भनेका थिए ।
कार्यक्रममा उपस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति व्यंग्यात्मक टिप्पणी गरिरहेका बेला माइक बिग्रिएको थियो ।
ओलीले राजनीतिक रुपमा अरुलाई साहारा नदिन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका थिए । उनले कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । ओलीले नेपालको राजनीतिमा कांग्रेस र एमाले नै प्रमुख भएको टिप्पणी गरेका थिए ।
वि.सं.२०७८ मंसिर २४ शुक्रवार १६:४८ मा प्रकाशित




























