back
CTIZAN AD

५० करोड लागतमा गोरखामा बन्यो तीनतारे स्तरको सुविधा सम्पन्न होटल

वि.सं.२०७८ मंसिर २४ शुक्रवार

678 

shares

गोरखा । गोरखामा करिब रु ५० करोडको लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ ।

सदरमुकामस्थित गोरखा नगरपालिका–६, अर्घलेमा सुविधा सम्पन्न होटल गोरखा गार्डेन सञ्चालनमा ल्याइएको हो । तीनतारे स्तरको सुविधा भएको उक्त होटलमा गोरखा र चितवनका व्यवसायीको संयुक्त लगानी रहेको होटल सञ्चालक समितिका अध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए ।

कूल १५ रोपनी क्षेत्रफलमा फैलिएको होटल गोरखा गार्डेन जिल्लाकै पहिलो सुविधासम्पन्न र स्तरीय होटल हो । होटलमा गोष्ठी तथा कार्यक्रमहरु आयोजना गर्नका लागि सुविधासम्पन्न चारवटा हलसमेत निर्माण गरिएको उनले बताए । “होटलभित्र निर्माण गरिएका सेमिनार हलको नाम गोरखकाली हल, मनकामना हल, लिगलिग हल र गोरखानाथ हल नाम दिइएको छ”, अध्यक्ष पौडेलले भने, “जिल्लाको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागिसमेत टेवा पु¥याउने उद्देश्यले हलको नामसमेत पर्यटकीयस्थलका नामबाट नामकरण गरिएको हो ।”

त्यस्तै, होटलमा सुविधासम्म ४६ स्तरीय कोठाहरु निर्माण गरिएको अध्यक्ष पौडेलले बताए । “हामीले ग्राहकको सुविधालाई ध्यानमा राखेर दुईवटा स्विट रुम, १० वटा सुपर डिलक्स, ३४ वटा डिलक्स रुम सञ्चालनमा ल्याएका छौँ,” उहाँले भन्नुभयो, “ग्राहककै सुविधाका लागि होटलको छैटौँ तलामा बच्चा र वयस्कका लागि सुविधासम्पन्न पौडी पोखरीसमेत निर्माण गरिएको छ ।”

May be an image of outdoors

होटलमा बस्न आउनेहरुले स्वादिष्ट तथा स्थानीय उत्पादन भएका अग्र्यानिक तथा उच्च गुणस्तर एवं स्वस्थ्यकर खाना खान पाउने व्यवस्था मिलाइएको अध्यक्ष पौडेलको भनाइ छ । जिल्लाको आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल निर्माण गरिएको सञ्चालक समितिका सदस्य केशव देवकोटाले जानकारी दिनुभयो । अहिले आंशिक रुपमा सञ्चालनमा आएको र यही पुस महिनाभित्रमा होटल पूर्ण सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

होटलमा एकै पटकमा ६०० जनासम्म अटाउने क्षमताको हल पनि रहेको उनकोे भनाइ छ ।

वि.सं.२०७८ मंसिर २४ शुक्रवार १६:२५ मा प्रकाशित

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

गण्डकी । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप...

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...