back
CTIZAN AD

कोरोनाका कारण कतारबाट फर्किएका यी युवा कुखुरा पालनमा रमाउँदै

वि.सं.२०७८ मंसिर २४ शुक्रवार

594 

shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का २५ वर्षीय जयराम चौधरी गतिलो कमाईका लागि दुई पटक विदेश पुगे । पाँच वर्ष विदेश बसे पनि उनले मनग्य पैसा आर्जन गर्न सकेनन् । विदेशबाट कमाएको पैसाले घरमै व्यवसाय गर्ने चौधरीको ठूलो धोको थियो । तर थोरै पैसा मात्रै बचत गर्न सकेपछि उनले व्यवसाय गर्न ऋण काढ्नतर्फ लाग्नुभयो । ऋण नपाएपछि चौधरी कतार उडे ।

कतार पुगेपछि कोराना महामारी फैलियो । “निषेधाज्ञाका कारण खासै कमाइ भएन,” उनले भने “घर फर्किए पनि कोरोनाकै त्रास थियो । त्रासमै बस्नुपर्ने अवस्था आयो ।” विदेशबाट कमाएको रु तीन लाखले चौधरीले कुखुरापालनको सुरुआत गर्नुभयो । दुईवटा फार्म बनाएर उनले कुखुरापालन गर्न थाले । “फार्म, दानापानी र औषधोपचारमा धेरै खर्च हुन थाल्यो । विदेशबाट दुःख गरेर ल्याएको पैसा सिद्धिएर घाटा हुने हो कि भन्ने चिन्ता भयो,” उनले भने, “तर पहिलो लट्मै रु पाँच लाखको कुखुरा बिक्री भयो ।”

फार्म निर्माण, दानापानी र औषधोपचारमा लागेको खर्च कटाएर रु एक लाख ५० हजार नाफा भएको चौधरीले बताए । दुई फार्ममा उनले सात हजार कुखुरा पाल्दै आएका छन् । हालसम्म चौधरीले रु २० लाख नाफा आर्जन गरेका छन् । “विदेशमा जति परिश्रम गरे पनि महिनाको रु ३५ हजार रकम मात्रै मासिक रुपमा हात पथ्र्याे । यहाँ विदेशको भन्दा चार गुणा बढी आम्दानी हुन्छ”, उनले भने । विदेशमा भन्दा घरमै गतिलो आम्दानी हुन थालेपछि चौधरी खुशी छन् । रासस

 

वि.सं.२०७८ मंसिर २४ शुक्रवार १६:५५ मा प्रकाशित

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द(बैतडी) । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका...

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर...