back
CTIZAN AD

नाइजेरिमा अन्धाधुन्ध आक्रमणमा परि कम्तीमा नौ जनाको मृत्यु

वि.सं.२०७८ मंसिर २४ शुक्रवार

753 

shares

कानो, नाइजेरिया । नाइजेरियाको मध्य राज्य नाइजरमा रहेको एक मस्जिदमा बन्दुकधारीहरुले गरेको अन्धाधुन्ध आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार पुष्टि गरेको छ । स्थानीय बासिन्दाले भने आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको बताएका छन् ।

यस आक्रमणको कारण तत्काल थाह हुन सकेको छैन । स्थानीय स्तरमा ‘ब्यान्डिट्स’ भनेर चिनिने अपराधीहरूको गिरोहले उत्तरपश्चिम र मध्य नाइजेरियाका समुदायहरूलाई वर्षौंदेखि आतङ्कित पार्दै आएकोले यसमा पनि उनीहरूको संलग्नता रहेको हुनसक्ने आशङ्का गरिएको छ ।

स्थानीय प्रहरी प्रमुख मण्डे बाला कुर्यासले भने, “मोटरसाइकलमा भारी सशस्त्र मानिसहरूले माशेगु जिल्लाको दुर्गम बाको गाउँमा उपासकहरूले प्रार्थना गरिरहेको बेला बुधबार मस्जिदमा आक्रमण गरेका हुन् ।

“आक्रमणकारीहरूले मस्जिदभित्र नौ मुस्लिम उपासकहरूको हत्या गरे र अरू केही घाइते भए,” कुरायसले भने ।

घटनापछि घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ भने प्रहरी र नागरिक सुरक्षा अर्धसैनिक कर्मचारीहरूको संयुक्त टोली त्यस क्षेत्रमा खटाइएको एक प्रहरी अधिकृतले बताए ।

आक्रमणपछि मस्जिदबाट १६ वटा शव सङ्कलन गरेको स्थानीयवासी अमादु हमिसुले बताए ।

“मस्जिदमा प्रार्थना गरिरहेका जम्मा १६ जनाको मृत्यु भएको छ । हामीले उनीहरूको लास मस्जिदबाट निकालेका छौं,” हमिसुले एएफपीसँग भने ।

वि.सं.२०७८ मंसिर २४ शुक्रवार १९:४९ मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...