शुक्रवार सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिबेशनको आज दोस्रोदिन विहानैदेखि चहलपहल बढिरहेको छ ।
काठमाडौंको चिसो सिरेटोमा आएका हजारौं कांग्रेस कार्यकर्ताहरु आगामी नयाँ नेता को बन्लान् भन्ने व्यंग्र प्रतिक्षामा छन् ।
कांग्रेसको १४ औं महाधिबेशनमा आइपुग्दा प्रधानमन्त्री तथा वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिको २६ वर्ष लामो सहयात्रा लगभग अन्त्य भएको विश्लेषण गरिदैछ ।
मंसिर महिनाको चिसो सिरेटो भएपनि नेताहरुको भित्री र बाहिरी खेल तथा दवावका कारण मतदानको हकभएका ४ हजार ७ सय ४३ मतदातालाई चुनावी माहौलले थौरै भएपनि तताएको छ । झण्डै ६० वर्षपछि समावेशी नेतृत्वको अभ्यास कांग्रेसले गर्न थालेको छ ।
नीति, विधि र पद्धति भन्दा नेतृत्वको प्रश्नमा बढी केन्द्रीत हुने नेपाली राजनैतिक मनोवृत्तिले कांग्रेस बढि प्रभावित छ । त्यसकारण पनि महाधिबेशन प्रतिनिधिहरुप्रतिको सम्मान अहिले ह्वात्तै बढेको छ ।
शुक्रवारको उद्घाटनपछि थोरै आशावादी भएका कांग्रेस कार्यकर्ताहरुलाई शनिवार निराशाले छाडेको छैन । नेताहरुबीच सहमति भएमा कांग्रेसले दुई तिहाइ ल्याउने आशा बोकका कांग्रेसजन, देउवा, रामचन्द्र र निधि समुहमा प्रत्यक्ष विभाजन हुनुपर्ने दुःखद विवशताको अन्त्य चाहेका छन् । बिहीवार राति रिसाएर आफ्नै समुहको शुक्रवारको आफ्नै समूहको बैठकमा पनि उपस्थित नभएका रामचन्द्र पौडेल उद्घाटन समारोहमा समेत नआउने अनुमान गरिएको थियो । तर उनी आएरै नेतृत्व परिवर्तनको माग खुल्ला रुपमा गरेका थिए ।
रामचन्द्र समूहबाटै प्रकाशमान सिंह, शसांक र शेखर कोइरालाले मात्र दावी गरिरहेपछि रामचभन्द्र झस्किएको खबर सार्वजनिक भएको थियो एकातिर भने अर्कातिर निधिले देउवालाई नछा्डने कवोल सार्वजनिक गरिसकेका थिए । उनले शुक्रवारको एक कार्यक्रममा रामचन्द्रमा सहमति भए आफु पछि हट्ने समेत बताएका थिए । रामचन्द्र समूहमा मतैक्यता आउन नसकेको र निधिले चुनावी अभियान अघि बढाइसकेको स्थितिमा देउवा र कृष्ण सिटौलाका विचमा आन्तरिक समझदारी भएको खबरपछि रामचन्द्र समहूका नेताहरुको बैठक शनिवार बिहान बसिरहेको समाचार आएका छन् ।
महामन्त्रीमा प्रदीप पौडेललाई अघि सारेर सिटौलापक्षले देउवासँग सहमति गरेको जनाइएको छ । पौडेल बाहेक सोहि पक्षबाट उमाकान्त चौधरीलाई सहमहामन्त्रीको रुपमा अघि बढाइएको छ ।
यसअघि महामन्त्रीमा बालकृष्ण खाँड र प्रकाशसरण महत देउवा समुहबाट र डा. मिनेन्द्र रिजाल रामचन्द्र समूहबाट उम्मेदवार हुने विषय सार्वजनिक भएको थियो ।
नीति, विधि र पद्धति भन्दा नेतृत्वको प्रश्नमा बढी केन्द्रीत हुने नेपाली राजनैतिक मनोवृत्तिले कांग्रेस बढि प्रभावित छ । त्यसकारण पनि महाधिबेशन प्रतिनिधिहरुप्रतिको सम्मान अहिले ह्वात्तै बढेको छ ।
वि.सं.२०७८ मंसिर २५ शनिवार ०९:५४ मा प्रकाशित




























