back
CTIZAN AD

अमेरिकामा आएको आँधीका कारण कम्तीमा १०० को मृत्यु भएको आशङ्का

वि.सं.२०७८ मंसिर २६ आइतवार

813 

shares

२६ मङ्सिर । संयुक्त राज्य अमेरिकाको अर्कान्सास, मिसिसिपी, इलिनोइस, केन्टकी, टेनेसी र मिसौरीलगायतका मध्य भागहरूमा रातभरी कम्तीमा ३० वटा आँधीबेहरी आएपछि करिब १०० जनाको मृत्यु हुन सक्ने अनुमान गरिएको छ । यसअघि अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीबेहरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको केन्टकीका गभर्नरले शनिबार पुष्टि गरेका थिए ।

स्थानीय समयानुसार शनिबार बिहानै सुरू भएको आँधीले देशका विभिन्न भागमा तहसनहस बनाएको उनले सञ्चारकर्मीहरूलाई बताएका थिए । केन्टकीमा एउटा मैनबत्ती कारखाना पूर्ण रूपमा ध्वस्त भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् । आँधी आएको अवस्थामा मैनबत्ती कारखाना करिब ११० जना व्यक्ति रहेका केन्टकीका गभर्नर एन्डी बेशिरले बताएका छन ।

वि.सं.२०७८ मंसिर २६ आइतवार १४:२२ मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...