back

वरिष्ठ नेता रामचन्द्र पौडेल मतदानमा सहभागी नहुने

वि.सं.२०७८ मंसिर २७ सोमवार

141 

shares
RBB AD
NTC AD

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मतदान स्थलमा सहभागी नहुने बताइएको छ ।

शुक्रवारदेखि भृकुटी मण्डपमा सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिबेशनले पार्टीको नयाँ नेतृत्व चयनका लागि आज विहानै आठ बजेदेखि देशभरीबाट उपस्थित महाधिबेशन प्रतिनिधिहरु मतदानको लाइनमा बसेका छन् ।

सभापतिको प्रतिस्पर्धाबाट आफु अलग भएपनि आस्थावान कांग्रेसजनहरुलाई आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यललाई जोगाउन अपिल गरेका पौडेल आफू भने मतदानमा सहभागी नहुने उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिएका छन् ।

आफ्नै समूहमा सभापतिको उम्मेदवार बन्ने विषयमा सहमति नहुँदा पौडेल चुनावी प्रतिस्पर्धाबाट बाहिरीएका हुन् । पौडेल समूहका भनिएका डा. शेखर कोइराला र प्रकाशमान सिंह दुवैले आफुहरु सभापतिबाट पछाडि नहट्ने अडान लिएपछि पौडेले प्रेस विज्ञप्ति नै जारी गरेर चुनावी प्रतिस्पर्धाबाट बाहिरीएको घोषणा गरेका थिए ।

हाल सभापतिको प्रतिस्पर्धामा नेता शेर बहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले आफ्नो प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका छन् भने कल्याण गुरुङ प्यानल बिना नै सभापति पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

वि.सं.२०७८ मंसिर २७ सोमवार ०९:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

अप्रिलमा मात्रै १ लाख बढी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि प्रवेश खुला गरिने

जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि प्रवेश खुला गरिने

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा...

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

लिस्बन (पोर्चुगल) । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले...

म्याग्दीका किसानले भित्राए सुन्तला बेचेर २१ करोड

म्याग्दीका किसानले भित्राए सुन्तला बेचेर २१ करोड

म्याग्दी । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : मन्त्री रेखा शर्मा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : मन्त्री रेखा शर्मा

काठमाडौँ । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका...

एमाले जुम्लाको अध्यक्षमा  महत,अन्यमा को–को निर्वाचित भए ?

एमाले जुम्लाको अध्यक्षमा महत,अन्यमा को–को निर्वाचित भए ?

जुम्ला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत...