back
CTIZAN AD

वरिष्ठ नेता रामचन्द्र पौडेल मतदानमा सहभागी नहुने

वि.सं.२०७८ मंसिर २७ सोमवार

582 

shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मतदान स्थलमा सहभागी नहुने बताइएको छ ।

शुक्रवारदेखि भृकुटी मण्डपमा सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिबेशनले पार्टीको नयाँ नेतृत्व चयनका लागि आज विहानै आठ बजेदेखि देशभरीबाट उपस्थित महाधिबेशन प्रतिनिधिहरु मतदानको लाइनमा बसेका छन् ।

सभापतिको प्रतिस्पर्धाबाट आफु अलग भएपनि आस्थावान कांग्रेसजनहरुलाई आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यललाई जोगाउन अपिल गरेका पौडेल आफू भने मतदानमा सहभागी नहुने उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिएका छन् ।

आफ्नै समूहमा सभापतिको उम्मेदवार बन्ने विषयमा सहमति नहुँदा पौडेल चुनावी प्रतिस्पर्धाबाट बाहिरीएका हुन् । पौडेल समूहका भनिएका डा. शेखर कोइराला र प्रकाशमान सिंह दुवैले आफुहरु सभापतिबाट पछाडि नहट्ने अडान लिएपछि पौडेले प्रेस विज्ञप्ति नै जारी गरेर चुनावी प्रतिस्पर्धाबाट बाहिरीएको घोषणा गरेका थिए ।

हाल सभापतिको प्रतिस्पर्धामा नेता शेर बहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले आफ्नो प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका छन् भने कल्याण गुरुङ प्यानल बिना नै सभापति पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

वि.सं.२०७८ मंसिर २७ सोमवार ०९:०५ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...