back
CTIZAN AD

कांग्रेस महाधिबेशनः ६ सय बढी मत खस्यो

वि.सं.२०७८ मंसिर २७ सोमवार

621 

shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा दुईबजेसम्म ६ सय बढी मत खसेको छ ।

निर्वाचन समितिका अनुसार निर्धारित समयभन्दा ढिलो (११ बजे) सुरु भएको मतदानमा साढे २ बजेसम्म ६ सय मत खसेको हो ।
निर्वाचनमा धेरै उम्मेदवार भएका कारण एक व्यक्तिले २९ वटा मतपत्रमा मतदान गर्न १ घण्टा बढी समय लागेको निर्वाचनमा सहभागी एक प्रतिनिधिले बताए ।

मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको छ भने ४ हजार ७४३ जना प्रतिनिधि सहभागी छन् । कांग्रेसले निर्वाचनमा विद्युतीय भोटिङ मसिन प्रयोग नगरेका कारण पनि मतदानमा बढी समय लागेको हो ।

कांग्रेसमा १३ पदाधिकारीसहित १३९ केन्द्रीय सदस्यका लागि निर्वाचन भइरहेको छ । मतदान सकिनासाथ पहिलो सभापतिको मत गणना गरिने छ भने अन्य पदका लागि खसेको मत भने केन्द्रीय कार्यालय सानेपामा लगेर राखिने बताइएको छ ।

मत गणनामा सभापतिको उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसेकेमा पुनः मतदान हुनेछ । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ चुनावी मैदानमा उत्रिएका छन् ।

वि.सं.२०७८ मंसिर २७ सोमवार १५:०६ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...