२७ मंसिर, काठमाडौँ । साताको दोस्रो दिन सेयर बजार नेप्सेमा ७९ अकंले पहिरो गएको छ । आज सेयर बजार (नेप्से) ७९ दशमलब २३ अकंले घटेर २२८२ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १२ दशमलब ४७ अकंले घटेर ४३७ दशमलब ५९ विन्दुमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २३३ कम्पनीको ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७८ रुपैंया बराबरको ९६ लाख ७९ हजार ०७२ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ६२ हजार ८ सय ९ पटक लेनदेन भएको हो ।
कारोबार रकमको आधारमा नविल बैंक, नेशनल हाईड्रोपावर, हिमालयन डिष्टिलरी, मञ्जुश्री फाइनान्स, महालक्ष्मी विकास बैंक, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेशनल हाईड्रोपावर, एचआईडिसिएल, अपी पावर, अरुण काबेली पावर, महालक्ष्मी विकास बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सबै भन्दा धेरै कमाउनेमा गोर्खाज फाइनान्स, बोटर्लस नेपाल, युनिलिभर नेपाल, माउन्टेन इनर्जी लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन भने सबै भन्दा धेरै गुमाउनेमा स्वाभिमान लघुवित्त, दिव्यश्वरी हाईड्रोपावर, नेशनल हाईड्रोपावर, गुडविल फाइनान्स, आँखुखोला हाईड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।
वि.सं.२०७८ मंसिर २७ सोमवार १५:२१ मा प्रकाशित



























