काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवनिर्वाचित सभापति देउवालाई बधाई दिँदै एकताबद्ध कांग्रेस निर्माणमा ध्यान दिन आग्रह गरेका छन् ।
नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएका सभापति देउवालाई शुभकामना दिँदै नेता पौडेलले राष्ट्रिय जनजीवन तथा पार्टी जीवनको इतिहासको अन्त्यन्तै गम्भीर मोडमा पुगेको बताएका छन् ।
‘एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानसभा मार्फत् जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अद्योगतितिर धकेल्ने प्रपञ्च जारी छन्,’ नेता पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ कांग्रेस आजको आवस्यकता हो ।’
वि.सं.२०७८ मंसिर २९ बुधवार १३:०४ मा प्रकाशित




























