back
CTIZAN AD

गुल्मी जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु

वि.सं.२०७८ मंसिर २९ बुधवार

648 

shares

तम्घास । गुल्मी जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको छ । अक्सिजन प्लान्ट बनाउनको लागि नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखाले अभियान सुरु गरेको थियो ।

रेसुङ्गा नगरपालिका–८ का ८४ वर्षीया रुद्रबहादुर भुजेलले महासङ्घद्वारा सुरुभएको सो अभियानमा रु १० हजार प्रदान गरेका थिए । “अक्सिजनकै अभावले कसैले ज्यान गुमाउन नपरोस् भनेर सानो सहयोग गरेको हुँ ।” उनले भने, “अक्सिजन उत्पादन नै सुरु हुँदा खुसी लागेको छ ।”

गत वैशाख २८ गतेदेखि जेठ ८ गतेसम्म सञ्चालन गरिएको अभियानमा झण्डै रु ८० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये रु ६० लाख महासङ्घले गुल्मी अस्पताललाई प्रदान गरेको थियो । पत्रकार महासंघका शाखा अध्यक्ष टोपलाल अर्यालले अक्सिजन उत्पादन सुरु हुनु आफुहरुको लागि सबैभन्दा खुसिको क्षण भएको बताए ।

सङ्घीय सरकारले प्लान्टको लागि रु एक करोड विनियोजन गरेको थियो । रु एक करोड ३१ लाखमा प्लान्ट निर्माण सम्पन्न भएको थियो । अस्पतालका प्रमुख डा उत्तम पच्याले अक्सिजन प्लान्टले आफूहरुलाई उपचारमा धेरै सहजाता मिलेको बताए । उत्पादन सुरु भएसँगै अब बाहिरबाट अक्सिजन ल्याउनुपर्ने बाध्यताको अन्त्य भएका उनको भनाइ छ ।

प्लान्टबाट २४ घण्टामा ४० ठूला सिलिण्डर भर्न सकिन्छ । भने सिधा पाइप जडान गरेर ५६ जनालाई अक्सिजन पु¥याउन सकिने जनाइएको छ । महामारीको समयमा दैनिक २० सम्म अक्सिजन खपत भएकोमा अहिले दैनिक पाँचवटा खपत भइरहेका छन् । “ढुक्कसँग बिरामीको उपचार गर्न पाएका छौँ, अक्सिजन सकिने कुनै डर छैन ।” डा पच्याले भने, “हामीलाई आवश्यक अक्सिजन यही उत्पादन हुँदा उपचारमा सहजता मिलेको छ ।”

वि.सं.२०७८ मंसिर २९ बुधवार १३:१८ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...