back
CTIZAN AD

फिलिपिन्समा आएको सुपर टाइफुन ‘राई’ कारण हजारौंले घरबार छोडेर भागे

वि.सं.२०७८ पुस १ बिहीवार

990 

shares

दापा, फिलिपिन्स । फिलिपिन्समा भीषण रुपमा आएको बतास र मुसलधारे वर्षाको साथै, सुपर टाइफुन ‘राई’ आएपछि बिहीबार हजारौं मानिसहरु आफ्नो घर र समुद्र तटीय रिसोर्टहरू छोडेर भागेका छन् ।

आँधी आएको यस अवस्थामा १८५ किलोमिटर (११५) प्रति घण्टाको अधिकतम निरन्तर हावा चलेको थियो । हावाको गति १९५ किलोमिटर प्रतिघण्टासम्म बढ्न सक्ने चेतावनी दिइएको छ । हावाको यस गतिमा आएमा यसवर्षको सब भन्दा शक्तिशाली आँधी हुने एजेन्सीले जनाकारी दिएको छ ।

प्रशान्त महासागरमा आएको यस आँधीका कारण ४५ हजार भन्दा बढी धेरै मानिसले आफ्नो आश्रयस्थल खोजी गरेको राष्ट्रिय प्रकोप एजेन्सीले जनाइएको छ । शनिबारसम्म साउथ चाइना सागर माथि उभिएर भियतनामतर्फ लाग्नु अघि राईले भिसायास क्षेत्र, र मिन्डानाओ र पलावान टापुहरू पार गर्दा थोरै कमजोर हुने अपेक्षा गरिएको छ ।

प्रत्येक वर्ष फिलिपिन्समा औसत २० ओटा आँधीबेहरी र टाइफुनहरूबाट प्रभावित पारेको पाइन्छ । यसले सामान्यतया पहिले नै गरिब क्षेत्रहरुमा रहेका पसल, घरहरू र पूर्वाधारहरू नष्ट गर्ने गरेका छन् । एएफपी

 

वि.सं.२०७८ पुस १ बिहीवार २०:१४ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...