Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

दलित महिलाका मुद्धा कहिले महिलाका मुद्धा बन्छन् ?



bindu thapa paiyar

यतिखेर हामी आठ मार्च अर्थात् अन्र्तराष्ट्रिय नारी दिवशको पूर्वसन्ध्यामा छौं । महिलाको पक्षमा वकालत गर्ने विभिन्न संघ संस्थाहरुले नारी दिवशलाई विशेष रुपमा मनाउने गर्दछन् । हरेक वर्षको ८ मार्चमा नारी दिवश मनाइन्छ तर अरु दिन महिलाका समस्या भने ज्यूँका त्युँ नै रहन्छन् । अँझ दलित महिलाको अवस्था त झन यति दयनीय छ कि उनीहरुको विषयमा ति महिलावादी संघ संस्थाहरु गुपचुप नै रहन्छन् । नेपाल दलित महिला उत्थान संघकी सचिव विन्दुमाया परियार भन्छिन् ‘दलित महिलाको मुद्धा अझै पनि आम महिलाको मुद्धा बन्न सकेको छैन । ’ किन यस्तो भइरहेको छ त ? यसै विषयमा केन्द्रित रहरे संसार न्युज डटकमले परियारसँग गरेको कुराकानी ः

नारी दिवसलाई उत्सवको रुपमा मनाउनु गलत हो
मलाई त के लाग्छ भने यो नारी दिवश मनाउनु नै बेकार छ । नारी दिवशलाई उत्सवको रुपमा लिन मन लाग्दैन । किनकी नारी दिवश मनाउने नाउँमा करोडौं रुपैयाँ खर्च हुन्छ । तारे होटलमा सेमिनार गोष्ठी हुन्छ पीडित महिलाको नाउँ बिकाएर । तर, ति पीडित महिलाहरु के गरिरहेका छन् ,कसरी जिइरहेका छन् , उनीहरुका समस्या के के छन् ? त्यसको विषयमा कुनै चासो हुँदैन । त्यसैले उपलब्धि विहिन नारी दिवश मनाउनुको कुनै औचित्य नै छैन ।

महिला अधिकार कर्मी नै दलित महिलाको पक्षमा छैनन्
यहाँ जति पनि महिलाको पक्षमा संघ संस्था खोलिएका छन् ति संघ संस्थाका महिला अधिकारकर्मीहरुको दिमाग यति साँघुरो छ कि त्यसको हिसाव कितावै गर्न सकिन्न । उदाहरणको लागि म झापाको माया सार्की र सिन्धुपाल्चोकको लक्ष्मी विकलाई लिन्छु । मायाँले आफूलाई बलात्कार गर्न खोज्यो भनेर जानकारी गराउँदा कालो मोसो दलेर गाउँ घुमाउँदा महिला अधिकारहरुकर्मीहरुले चुक्क बोलेनन् । लक्ष्मी विकलाई त्यसरी मार्दा उनीहरुले प्रतिवाद गर्न सकेनन् । यदि त्यो ठाउँमा गैर दलित महिला हुन्थे भने उनीहरुले सडक र सदन दुवै तताउँथे । किनभने ति गैर दलित महिला अधिकारकर्मीहरुको मष्तिष्कमा अँझै पनि दलित भनेका दोस्रो दर्जाको नागरिक हुन् भन्ने भएर हो । म ति अधिकार कर्मीहरुलाई प्रश्न गर्छु दलित महिलाका मुद्धा कहिले महिलाका मुद्धा बन्छन् ?

शिक्षा र आर्थिक शसक्तिकरण सबैभन्दा मुख्य कुरा हो
यदि महिलाहरुमा शिक्षा र आर्थिक शसक्तिकरण हुने हो भने महिला हिंसामा धेरै नै कमी हुने थियो जस्तो लाग्छ । किन भने अशिक्षाको जालोभित्र रुमलिरहेका महिलाहरुलाई आफ्नो पक्षमा के के ऐन नियम र कानुन बनेका छन् भन्ने कुराको पत्तै छैन । अनि कहिलेकाँही श्रीमानसँग पैसा माग्दा श्रीमानबाट आउने जवाफले उनीहरु अति नै पीडित बनेका छन् । त्यसले गर्दा महिला हिंसा न्युनीकरणको लागि शिक्षा र आर्थिक शसक्तिकरणमा जोड दिनु पर्छ । हामीले अहिले गोरखा, बाग्लुङ, चितवन, अर्घाखाँची र तनहुँमा जुन किसिमको महिला शसक्तिकरणको कार्यक्रम संचालन गरिरहेका छौं त्यसले दलित महिलाको आयस्तरमा वृद्धि भइ हिंसा पनि धेरै नै कम भएको छ ।

डलरवादीको आरोप पचाउनै गाह्रो भएको छ
म यो संस्थामा आवद्ध भएको १३ वर्ष भयो । विभिन्न जिल्लाका दलित बस्तीमा पुगेर शिक्षा र जनचेतनाको काम गरिरहेको छ संस्थाले । हाम्रो मुख्य उदेश्य भनेको दलित तथा सीमान्तकृत महिला र बालबालिको शिक्षामा सहयोग पु¥याइ उनीहरुलाई आत्मनिर्भर बनाउने हो । हाम्रो संस्थाले अहिले फ्यान, युरोपियन युनियन र करुणा कष्टसँग मिलेर काम गरिरहेका छौं । दलित महिलाको उत्थान र विकासमा लागिरहँदा डलरबादीको आरोपले थिचिएका छौं । यति सम्म कि अव त पचाउनै गाह्रो हुने हो कि भन्ने सम्म भइसकेको छ । हामी कसरी चलेका छौं भन्ने कुरा हामीलाई मात्र थाहा छ । सरकारको तर्फबाट हामीले एक रुपैयाँ पनि लिएका छैनो भन्दा पनि फरक पर्दैन । गोरखाको ताप्लुङ गाविसका महिलाहरुलाई कृषि सम्बन्धी तालिम दिँदा गाविसले दुई चोटी ५०÷५० हजार दिएको थियो । त्यो पैसा त्यहीका महिला समूहलाई दिएका हौं । त्यो भन्दा कती पनि पैसा हामीले राज्यबाट लिएका छैनौ । हाम्रो संस्थाको फाउण्डर डा. विष्णुमाया परियार अमेरिकामा हुुनुहुन्छ उहाँले त्यहाँका विभिन्न संघ संस्थालाई अनुरोध गर्दै केही बजेट ल्याउनु हुन्छ । त्यही बजेटले हामीले कार्यक्रम संचालन गरेका छौं । तर यहाँ भने विभिन्न आरोप र प्रत्यारोप गरेर हामीलाई कमजोर बनाउने प्रयास भइरहेको छ ।

७५ वटै जिल्लामा एडवानको कार्यक्रम लैजाने छौं
हामीले ७५ वटै जिल्लामा एडवानको कार्यक्रम संचालन गर्ने उदेश्य लिएका छौं । हाम्रो संस्थाको आर्थिक अवस्था एकदमै नाजुक छ । त्यसले गर्दा अन्य जिल्लामा जान सकिरहेका छैनौं । महिला समूह मात्र बनाएर भएन । महिलाहरुलाई सक्षम बनाउनको लागि हामीले त्यही खालको कार्यक्रम लैजानु पर्ने हुन्छ । त्यसको लागि बजेट महत्वपूर्ण हुन्छ । हामीले डोनेसन गर्ने मान्छे खोजिरहेका छौं । अब हेरौं बजेट आयो भने हामी ७५ वटै जिल्लामा यो कार्यक्रम लैजान्छौं ।

प्रस्तुती :संगीता पनेरु 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्