back
CTIZAN AD

टेक्ससमा एचडिएनपीको रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७३ फागुन २४ मंगलवार

735 

shares

international-blood-donation-in-taxas

मार्च ५, अमेरिकाको टेक्सास राज्यको ड्यालसमा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल)को त्रैमासिक रक्तदान कार्यक्रम गत मार्च ४ तारिख सम्पन्न भएको छ l 

उक्त रक्तदान कार्यक्रममा २० जनाले रगतदान गरेका छन् l उक्त रक्तदान कार्यक्रममा १२ जना अमेरिकन तथा ८ नेपालीले गरि रक्तदान गरेका थिए l मार्च ४ तारिखमा आयोजना गरेको रक्तदान सहित १७ औ पटक त्रैमासिक रुपमा सफलता पुर्वक सम्पन्न गरेको छ l 

यसै गरि आगामी मे २९ तारिख करिब ५ सय जना घरवार बिहिनलाई ड्यालसको फोर्थवर्थमा खाना खुवाउने निधो गरेको संस्थाका संस्थापक देवी आचार्यले जानकारी दिएका छन् l

एचडिएनपी अन्तरराष्ट्रियले असहाय ,दुखि ,घरबार बिहिनहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काममा पनि मदत गर्ने गरेको छ l 

संस्थाले प्रत्येक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दछ l यसको साथै उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई रहेको छ l हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो भने टेक्ससको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना गरिएको संस्था हो l 

वि.सं.२०७३ फागुन २४ मंगलवार ०७:०७ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...