Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

टेक्ससमा एचडिएनपीको रक्तदान कार्यक्रम सम्पन्न



international-blood-donation-in-taxas

मार्च ५, अमेरिकाको टेक्सास राज्यको ड्यालसमा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल)को त्रैमासिक रक्तदान कार्यक्रम गत मार्च ४ तारिख सम्पन्न भएको छ l 

उक्त रक्तदान कार्यक्रममा २० जनाले रगतदान गरेका छन् l उक्त रक्तदान कार्यक्रममा १२ जना अमेरिकन तथा ८ नेपालीले गरि रक्तदान गरेका थिए l मार्च ४ तारिखमा आयोजना गरेको रक्तदान सहित १७ औ पटक त्रैमासिक रुपमा सफलता पुर्वक सम्पन्न गरेको छ l 

यसै गरि आगामी मे २९ तारिख करिब ५ सय जना घरवार बिहिनलाई ड्यालसको फोर्थवर्थमा खाना खुवाउने निधो गरेको संस्थाका संस्थापक देवी आचार्यले जानकारी दिएका छन् l

एचडिएनपी अन्तरराष्ट्रियले असहाय ,दुखि ,घरबार बिहिनहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काममा पनि मदत गर्ने गरेको छ l 

संस्थाले प्रत्येक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दछ l यसको साथै उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई रहेको छ l हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो भने टेक्ससको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना गरिएको संस्था हो l 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम