back
CTIZAN AD

गुल्मी सेवा समाज कताले गर्यो बनभोज तथा साँस्कृतिक कार्यक्रम

वि.सं.२०७३ फागुन २४ मंगलवार

972 

shares

gulmi-sewa-samaj-qatar-1
गुल्मी सेवा समाज कतारले ३ मार्च २०१७ का दिन कतारको उम सलाल स्थित अलदाना क्लवमा बिबिध सांस्कृतिकार्यक्रम सहित विगतका वर्षहरु जस्तै यसवर्ष पनि पाचौं बृहतबनभोज तथा सास्कृतिक कार्यक्रम २०१७ भव्य र सभ्य रुपमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्व रहेको सो कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्का केन्द्रीय सदस्य बिनोद भट्टराई प्रमुख आतिथि रहेका थिए ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका सचिवालय सदस्य मो. मोक्तादा मुसलवान, नेपाली जनसम्पर्क समिति कतारका सभापति केसब भुसाल, प्रवासी नेपाली मन्चका अध्यक्ष रामहरि गैरे, तराई मधेस लोकतान्त्रिक मंचका अध्यक्ष हुसेन खान, नेपाल मगर संघ शाखा कतारका महासचिव बिजय थापा मगर, ब्यवसायी तथा समाजसेवी कमलमणि गुरागाई, बसन्त फिल्मस् प्रालिका प्रबन्ध निर्देशक तथा युवा समाजसेवी ईश्वर काफ्ले, व्यवसायी तथा समाजसेवी माया केसी, नेपालपत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडे, युवा समाजसेवी कृष्ण बराल, बिकीबिक, श्याम डिसी, गुल्मी सेवा समाजकतारका संरक्षक दोर्ण बहादुर बस्नेत लगायत बिशेष अतिथि रहेका थिए ।
gulmi-sewa-samaj-qatar-2त्यसैगरी अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर कुमार परियार, पर्वत सेवा समाजका अध्यक्ष दिपेन्द्र जंग लामिछाने, मोरङ सुनसरी सेवा समाजका उपाध्यक्ष चिरन्जीवी तिमल्सिना, मोना कतारका महासचिव तिलु शर्मा पौडेल, कास्कीआदर्श सेवा समाजकाप्रमुख सल्लाहकार आशबहादुर गुरुङ, दाङ देउखुरी सेवा समाजका अध्यक्ष वसन्तराज पुरी, प्युठान सेवा समाजका अध्यक्ष मानबहादुर केसी, समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष डिल्लीराम भट्टराई, स्याङजा सहयोग समाजकाउपाध्यक्षअजमतअलि, गोरखा सेवा समाज कतारका अध्यक्ष सुदर्शन भट्ट, बाग्लुंग सेवा समाज कतारका अध्यक्ष चन्द्रकान्त शर्मा, रोल्पा जलजला सेवा समाजका अध्यक्ष बसन्त थापा, लमजुङ सेवा समाज कतारका अध्यक्ष विष्णुलाल श्रेष्ठ, ओखलढुंगा सेवा समाजका अध्यक्ष असोक सिङ्गदन तामांग, बुद्धभुमि कपिलबस्तु सेवा समाजका अध्यक्ष केसब खनाल, पाचथर सेवा समाजका उपाध्यक्ष खडानन्द बास्कोटा, समाज सेवी बुद्धिजीवी दिलकिरण खजुम, समाजसेवी बुद्धिजीवी बिमल सुबेदी, समाजसेवी छम परियार, समाज सेवी बुद्धिजीवी क्रान्ति सिंह, समाज सेवी बुद्धिजीवी चानकपोख्रेल, पत्रकार शिवराज गौतम लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवि, व्यवसायी पत्रकारहरुको आतिथ्यता रहेको थियो ।
विधिवत रुपमा पानसमा बत्तिबालेर उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान, मौनधारण समेत गरिएको थियो । कार्यक्रम सहसंयोजक सुरज बिसीले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्णलाई स्वागत गररेका थिए । गुल्मेली माग्ने बुढाको नामले परिचित हास्यकलाकार सुरज बिसीले समय सान्दर्भिक बिषय वस्तुको अभिनय गर्दै उपस्थित सम्पूर्णलाई हसाएका थिए । कार्यक्रममा लोक तथा दोहोरी गायक ईश्वर भण्डारी, सुसान्त केशी, अविरल अजित, अंकिताखत्री, बिरु केसी, लोकनाथ बिसी लगायतले गित प्रस्तुत गरिन । तेस्तै डान्सर धनपुन, मोडल तथा डान्सर लक्ष्मी गिरीले नृत्य प्रस्तुत गरेका थिए । गायक एवम सर्जक सरद पाण्डेले ओरालीमा वर बोलको पन्चेबाजाको गित प्रस्तुत गरेकाथिए ।
कार्यक्रममा समाजको आधिकारिक वेबसाइट गुल्मी सेवा समाज डट ओआरजी www.gulmisewasamaj.org उद्घाटन गरिएको थियो । उक्त साइट मार्फत गुल्मी सेवा समाज कतारको स्थापनाकाल देखि वर्तमान सम्मका हरेको गतिविधिहरु पढ्न तथा हेर्न सकिने भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बिनोद भट्टराई, तराई मधेस मंच कतारका अध्यक्ष हुसेन खान, प्रवासी नेपाली मंच कतारका अध्यक्ष रामहरि गैरे, जनसम्पर्क समिति कतारका सभापति केशव भुसाल, गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषदका सचिवालय सदस्यमो. मुक्तदा मुसलमान लगायतले मन्तव्य प्रस्तुत गरेका थिए । गुल्मी सेवा समाज कतारले हरेक वर्ष आयोजना गर्ने बनभोज तथा सास्कृतिक कार्यक्रमले मनोरन्जन मात्र नभएर प्रवासमा छरिएर रहेका गुल्मेलीहरुलाई भेटघाट तथा पहिचानका लागि निकै ठुलो भूमिका खेलेको कार्यक्रममा उपस्थित गुल्मेलीहरुको भनाई रहेको थियो ।
प्रवासमा रहेर पनिबनभोज तथा सास्कृतिक कार्यक्रमको आयोजना गरी दुख पिडा सँगै श्रम गरिरेहका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने छुट्टै माहोलको श्रीजना गरेकोमा गुल्मी सेवा समाज कतारलाई बिशेष धन्यवाद समेत दिए । कार्यक्रममा खाजा र खानाको राम्रो प्रबन्ध गरिएको थियो । कार्यक्रमलाई बसन्त फिल्मस् प्रालि, हरि अर्याल, कृष्ण बराल, विक्कीविक, श्याम डिसीले विशेष सहयोग गरेकाथिए । तेस्तै यूरो मिडियाले कार्यक्रमलाई सपोर्ट गरेको थियो भने साझा नेटवर्क डटकमले अनलाइन मिडिया पार्टनरको रुपमा सहयोग गरेको थियो ।
कार्यक्रमलाई समापन गर्दै सस्थाकाअध्यक्ष तथा कार्यक्रमका सभापति बुद्ध पाण्डेले गुल्मी सेवा समाज कतारले हरेक वर्ष जस्तै यसवर्ष पनिआयोजना गरेको बनभोज तथा सास्कृतिक कार्यक्रमलाई सभ्य भव्य र सफल बनाउनका लागिआआफ्नो ठाउबाट महत्वपूर्ण भूमिका खेल्नु हुने सम्पुर्णलाई विशेष आभार प्रकट गररेकाथिए ।
कार्यक्रममा पाल्नुहुने विभिन्न संघसस्थाका प्रतिनिधि, पत्रकार, मिडियाकर्मी, बुद्धिजीवी, व्यवसायी लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तर सहयोग र सदभावको अपेक्षा राख्दै कार्यक्रम समापन भएको घोषणा गरेकाथिए । कार्यक्रम संस्थाका सल्लाहकार भिम तरामु मगर, सह सचिव थम बि.क. र दिपेन्द्र सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

वि.सं.२०७३ फागुन २४ मंगलवार ०७:०० मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...