
संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका केन्द्रीय सदस्य तथा न्यू अन्नपूर्ण नेपाली रेष्टुरेण्टको संचालक श्री यावा लिम्बुले साझा मञ्चका अन्तर्राष्ट्रिय संयोजक महेश श्रेष्ठले आफू माथि लगाएको ज्यान मार्ने धम्कि आरोपको खण्डन गरेका छन् ।
नेपाली दूतावास रियादको दमाममा हुन गएको श्रमिक सचेतना कार्यक्रममा सहभागी भएपछि अन्तमा भएको विवादका विषयमा महेश श्रेष्ठले एकतर्फि आरोप लगाएको श्री यावा लिम्बुको स्पष्टोक्ति छ ।
यावाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । “उपरोक्त पछिल्ला दिनहरुमा निजमा मानसिक विचलन आई नकारात्मक क्रियाकलापहरुमा निजको संग्लनता बढ्दै आई निजकै कारण समाजमा विकृति र विसंगति फैलिने खतरा भैरहेको महशुस भएको बेला निजबाट कार्यक्रमकोअन्त्यमा अहंकारयुक्त अपशव्द प्रयोग भएपछि आफू अनियन्त्रित हुन गएकोमा आत्मआलोचना गर्दछु ।”
यसभन्दा अगाडि प्रकाशित समाचारमा श्री यावा लिम्बुको धारणा संलग्न हुन नसकेकोमा संसारन्यूज डटकमका तर्फबाट कमजोरी महशुस गर्दछौँ ।सम्पादक
श्री यावाले जारी गरेको विज्ञप्तिमा भनिएको छ
‘आदरणीय मित्र महानुभावहरू,
अस्ती शुक्रबार, ३ मार्च २०१७ मा नेपाली दूतावास रियादद्वारा दमाममा आयोजित श्रमिक सचेतना कार्यक्रमको अन्तमा हुन गएको एक घटनाको बिषयलार्इ एकतर्फी ढंगमा महेश श्रेष्ठद्वारा सामाजिक सञ्जालमा म श्री यावा लिम्बुबिरूद्ध बिभिन्न गलत दोश, आरोप र आशंकाहरू अभिब्यक्त भएकाले घटनाको पृष्ठभुमि सहित सत्य तथ्य माथि यस प्रकार प्रकाश पार्न चाहन्छुः
पृष्ठभूमि
– साउदी अरबका स्थानिय श्रमिक समस्याहरुलाई साउदी अरब कै कानुन र नेपालकै कानुनले निर्दिस्ट गरेका जिम्मेबार पक्षहरु (म्यानपावर एजेन्सी र रोजगारदाता कम्पनीलाई आ-आफ्नो जिम्मेबारी बोध गराई समस्या हल गर्न जोडदिनुपर्नेमा, त्यसो नगरी साउदी अरबमा कार्यालय समेत राख्न नपाएको इन्टरनेशनल लेबर अर्गनाइजेसन(ILO) लाई निबेदन दिन आव्हान गर्दै अब्यवारिक, अर्थहिन र हावादारी कुरा गर्दै वास्तविक समस्या समाधान बाट पिडितश्रमिकहरुलाई बिमुख गर्न खोजिएको !
– नेपाली श्रमिकहरुले यतिखेर खेप्नु, भोग्नु परेका मुलभूत समस्या भनेको नेपालमा तिरिने ठुलो राशीको रशिद नपाउनु र साउदी अरबमा तलब नै नपाई Exit Visa पाउनको लागि पाए भन्दै हस्ताक्षर गर्न विवस बन्नु, बनाइनु हो । उक्तकार्यक्रममै पनि अधिकांश पीडित कामदारहरूले यिनै ब्यथा र वेदना अभिब्यक्त गर्दै दूतावासका स्थानिय कर्मचारीले पिडितहरुको फोन समेत नउठाईदिने गुनासो गरेको देखेर पनि सम्बन्धित म्यानपावर ब्यबसायीहरुको पक्ष-पोषणतथा स्थानीय कर्मचारीको बचाऊ गर्न हेतु मूल समस्याबाट बिषयान्तर गर्न जेलमा रहेका कुनै एकजना (मात्र)को केशलाई अनावश्यक तवरमा अतिरञ्जित गरेको ।
– म्यानपावर ब्यबसायी तथा रोजगारदाता बाट ठगिएका, शोसिएका र बिचल्लीमा पारिएका अशंख्य पिडितहरुका समस्याहरुलार्इ बेवास्था गर्न तथा ओझेलमा पार्नेगरी जेलमा रहेका कुनै एक नेपाली मात्रको रिहाईका लागि सम्पूर्णसरकारी संयन्त्र तथा सामाजिक सहयोग केन्द्रित गर्न जोड दिनु भनेको साउदी अरबमा नेपाली नियोगमा उपलब्ध अत्यन्तै सिमित जनशक्ति तथा साधन स्रोत अन्याय र पीडा ब्यहोरिरहेका अन्य कैयन नेपाली कामदारहरूका समस्यासमाधानमा उपयोग नगर भन्नु हो । स्मरणीय छ, सम्माननीय प्रधानमंत्री ज्युबाट नै सरकारले नै सबै नेपाली कैदीहरूको रिहाईको आवस्यक प्रबन्ध मिलाउने औपचारिक सम्बोधन भैसकेको हो !
– साउदी अरबमा सामाजिक काममा कृयाशिल बिभिन्न बैचारिक संगठनहरू, एनआरएनए लगायतका सामाजिक संघ, संस्थाहरूसंग कुनै सम्वाद र समन्वय नगरी, आफ्नै साझा मंचका बरिष्ठ अनि संस्थापक पदाधिकारीहरुलाईसामान्य जानकारी समेत नदिई पुर्बी क्षेत्रका बिभिन्न शहरहरूको समुचित र समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा बिना कुनै आधार बिना कुनै मापदण्ड दूतावासका अबैतनिक प्रतिनिधिको चयनका लागि निजका आफ्नै आसेपासे मात्रसिफारिस गरेको !
– साउदी अरबमा ३ बर्ष अघि दिइएको “आममाफी”का बेला नेपाल पठाउदा दूतावासका स्थानिय कर्मचारी नै खटिएको र जेलमा पुग्ने हरेक कैदीलार्इ साउदी सरकारले नै निशुल्क हवार्इ टिकट उपलब्ध गराउने भएता पनि यस क्षेत्रमादलालहरूले ठुलो कमिशनखोरी मच्चाएर जनही १५०० देखि २५०० साउदी रियाल लिईरहेको कुरा जनमानसमा थाहा भएता पनि आंफूलार्इ पत्रकार भन्न रूचाउने निजले उपरोक्त सत्य तथ्य लुकाएर कमिशनखोरीकै पक्षपोषण हुनेगरीजनमानसलार्इ भ्रमित पार्दै आएको । त्यसैगरी त्यस लगत्तै एमआरपी पासपोर्टको माग तथा चाप बढेका बेला यसै क्षेत्रमा फेरी चुलिएको अर्को कमिशनखोरी (प्रति ब्यक्ति ९० रियालसम्म लिइंदा) पनि निज पत्रकार यो कमिशनखोरीकाबिरूद्ध पनि कहीं कतै नबोलेको, नलेखेको । जुबैलमै मेरै रेष्टुरेण्टमा एनआरएनएले लगातार हरेक शुक्रबार दिएको स्वयमसेवाका कारण सम्भव भएको निशुल्क सेवामा अवरोध पुर्याउन, बिभेध गर्न र दुरूत्साहित पार्न अपनार्इएका अनेकहथकण्डाका मतियार र पक्षपोषक बनेका ।
“खोज पत्रकारिता अभियान” अन्तरगतको पत्रकारलाई दिईने प्रोत्साहन स्वरुप को रू. १,००,०००/- (एक लाख) रुपैया छलफल नै नगरी आफ्नो मिलेमतोमा आफ्नै गाउंठाउँको आसेपासेलाई असमानजनक पद्दति द्वारा निजले चयनगरिदिलाउनु, साथै वास्तविक खोजमुलक, कर्मठ र जिम्मेबार पत्रकारहरुको योगदानलाई अपहेलना गरि लत्याईदिनु !
#उपरोक्त पछिल्ला दिनहरुमा निजमा मानसिक बिचलन आई नकारात्मक किर्याकलापहरुमा निजको संग्लनता बढ्दै आई निजकै कारण समाजमा बिकृति र विसंगति फैलिने खतरा भैरहेको महसुस भएको बेला निजबाट कार्यक्रमकोअन्त्यमा अहंकारयुक्त अपशव्द प्रयोग भएपछि आफु अनियन्त्रित हुन गएकोमा आत्मआलोचना गर्दछु ।’