back
CTIZAN AD

विद्यार्थी बढाउन दुर्गममा आवासीय सुविधा

वि.सं.२०७३ फागुन २४ मंगलवार

954 

shares

२४ फागुन,गोरखा । विद्यालय छाड्दै विद्यार्थी गुम्बामा लामा पढ्न गएपछि जिल्ला शिक्षा कार्यालय गोरखाले उत्तरी भेगका विद्यालयमा आवासीय सुविधा वृद्धि गरी गुम्बाका विद्यार्थी पुनः विद्यालयमा फर्काउने अभियान सुरु गरेको छ ।

सरकारी विद्यालयमा भर्ना गरेपनि लामा पढ्न भन्दै बीचमै कक्षा छाडेर विद्यार्थी गुम्बा गएपछि विद्यालय रित्तिने अवस्थामा पुगेपछि अभियान थालिएको हो ।

सरकारी विद्यालय बन्द भएको बिही गाविसमा विद्यार्थी गुम्बामा लामा पढ्न गएका छन् । बिहीमा पुनः विद्यालय पुनःस्थापना गरी गुम्बा पुगेका विद्यार्थी विद्यालय शिक्षामै फर्काउने अभियान कार्यालयले अघि बढाएको हो । खाजासहित आवासीय सुविधा पाएपछि गुम्बामा लामा पढ्न भन्दै जाने विद्यार्थीको लर्को नै छ ।

उत्तरी भेगका सात गाविसका छवटा विद्यालयमा आवासीय सुविधासहित विद्यार्थी पढ्दै आएका छन् । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क हेर्दा गएको वर्षसम्म तीन विद्यालयका २०० जना विद्यार्थीले आवासीय सुविधा लिएको देखिन्छ । एकसय ८० वटा कोटा थपेर यस वर्षदेखि छवटा विद्यालयमा आवासीय सुविधासहित विद्यार्थी पठनपाठन गर्दै आएको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

ल्हो गाविसस्थित ल्हो प्राविका ५५ मध्ये २० जना विद्यार्थीले आवासीय सुविधामा पढिरहेका छन् । तिब्बतसँग सीमा जोडिएको सामागाउँ प्राविका ८० मध्ये ५० विद्यार्थीले आवासीय सुविधा पाएका छन् । प्रोकको नु्रवी प्राविका ३९ विद्यार्थीमध्ये ३० जनाले आवासीय सुविधासहित विद्यालयमै बसेर पढिरहेको शिक्षा कार्यालयले जनाएको छ ।

आवासीय सुविधासहित पढ्दै आएका विद्यार्थीलाई सरकारले प्रतिविद्यार्थी मासिक रु चार हजार दिने गरेको छ । छेकम्पारको बुद्ध माविका २५ जना, मान्वुको भवानी माविमा ७० र उत्तरी सात गाविसको एक मात्र मावि सिर्दिवासको बुद्ध आवासीयमा १५० जनाले आवासीय सुविधासाथ पढिरहेका छन् ।

जिशिअ सुवेदीका अनुसार विद्यालयबाट टाढाका विद्यार्थीलाई आवासीय सुविधा दिनका लागि प्राथमिकता दिइएको छ जसले गर्दा विद्यालयमा विद्यार्थीको सङ्ख्या धेरै छ । बिहीका स्थानीय नवीन गुरुङका अनुसार सरकारी विद्यालयमा आवासीय सुविधा पाएपछि गुम्वाबाट फर्काएर अभिभावकले छोराछोरीलाई विद्यालय शिक्षामा ल्याएका छन् ।

विद्यालय शिक्षाबाट वञ्चित दुर्गमवासीले सरकारी सेवा, जागिर खान नपाएको, नेपाली भाषा बोल्न तथा नबुझ्दा अनेक खालका समस्या झेल्नुपरेको गुरुङले बताउनुभयो ।

दुर्गम भेगका विद्यालयमा शिक्षक नियमित नबस्ने, हिउँदमा चिसो र हिउँ पर्दा पनि पठनपाठन अवरुद्ध हुने गर्छ । एक गाविसमा कम्तीमा एक विद्यालयमा आवासीय सुविधा पु¥याउन सकेमा सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या ह्वात्तै बढ्ने दुर्गम भेगका अभिभावक बताउँछन् ।

वि.सं.२०७३ फागुन २४ मंगलवार ०५:१२ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...