
२३ फागुन, काठमाडौँ । पत्रकारिता विकास समाजको अध्यक्षमा माधवप्रसाद तिवारी सर्वसम्मत निर्वाचित भएका छन् । समाजको सोमबार अनामनगरमा भएको अधिवेशनले तिवारीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । समाजको उपाध्यक्षमा तीर्थराज भण्डारी र महासचिवमा प्रेमराज खनाल निर्वाचित भएका छन । केन्द्रीय सभासद्मा महेन्द्र भट्टराई र दीर्गबहादुर खत्री चयन हुनुभएको नेपाल पत्रकार महासंघका एसोशियट सचिव धुव्र लम्सालले जानकारी दिए । समाजका संस्थापक अध्यक्ष एवम संरक्षक केदार खड्काले नयाँ टिमले संस्थालाई अझै गति दिएर पत्रकारिताको विकासमा योगदान दिने विश्वास व्यक्त गरे ।