back
CTIZAN AD

सोलुखुम्बुमा हिमाल रोयल्टी खर्चको चर्चा

वि.सं.२०७३ फागुन २४ मंगलवार

951 

shares

२४ फागुन,सोलुखुम्बु । स्थानीय निकायको चुनावी चर्चासँगै सोलुखुम्बुमा सगरमाथाको रोयल्टी कुन तहको सरकारले कसरी खर्च गर्ने भन्ने चर्चा सुरु भएको छ ।

यसअघि कुल रोयल्टीको ३० प्रतिशत जिल्लामा प्राप्त हुने र सो रकम जिल्लाको विकासका लागि खर्च गरिँदै आएकोमा सङ्घीयता कार्यान्वयनसँगै त्यो रोयल्टीको प्रयोग कुन तहमा कसरी खर्च गर्ने भन्ने चर्चा सुरु भएको हो ।

सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन लामा रोयल्टीको ठूलो हिस्सा सम्बन्धित स्थानीय निकायले खर्च गर्न पाउनुपर्ने बताउनुहुन्छ । सगरमाथालगायत जिल्लामा रहेका धेरैजसो हिमाल प्रस्तावित खुम्बु पासाङलामु गाउँपालिकामा पर्छन् ।

तर जिविस सोलुखुम्बुका पूर्वसभापति आङनिमा लामाले उच्च हिमाली क्षेत्रमा मानवबस्ती पनि कम भएकाले यो रकम गाउँपालिकामै सीमित गरिनु सम्भव नभएको बताउनुभयो । उहाँले हाल जिल्लामा प्रस्ताव गरिएका सबै गाउँपालिका र नगरपालिकामा बाँडफाँड गरिनुपर्ने बताउनुभयो ।

संविधानको अनुसूची ९ मा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनवटै सरकारको साझा अधिकार सूचीमा पर्यटन दस्तुर समावेश गरिएको छ । यस व्यवस्थाले हेर्दा सम्बन्धित गाउँपालिकाबाहेक जिल्लामा रहेका अन्य स्थानीय निकायले भन्दा प्रदेश वा केन्द्र सरकारले खर्च गर्न पाउने देखिन्छ ।

पर्यटन विभागका महानिर्देशक जगनारायण आचार्यले स्थानीय तहको संरचना कार्यान्वयनमा नआइसकेकाले आम्दानी स्रोतका बारेमा छलफल भइनसकेको बताउनुभयो । सरकारका जिम्मेवार निकाय चुनावको तयारीमा लागेकाले यसबारे छलफल सुरु नभएको भन्दै आचार्यले भन्नुभयो “मेरो विचारमा हिमालको रोयल्टी केन्द्र सरकार, प्रदेश र गाउँपालिका तीनै तहमा वितरण गरिनुपर्छ, किनकि हिमाल सबैको साझा हो ।”

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले केन्द्र सरकारले निश्चित प्रतिशत राखेर प्रदेश र स्थानीय तहमा उक्त रोयल्टी प्रदान गरिनुपर्ने बताउनुभयो ।

सगरमाथा आरोहीले तिरेको शुल्कबाट नेपाल सरकारको नाममा वार्षिक रु ३० करोडसम्म जम्मा हुने गर्दछ । सगरमाथा आरोहणका लागि नेपालीले रु १५ हजारदेखि रु ७५ हजारसम्म सरकारलाई बुझाउनु पर्दछ भने विदेशी नागरिकलाई रु दुई लाख ५० हजारदेखि रु ११ लाखसम्म शुल्क लिइँदै आएको छ ।

यसरी वर्षभरि सगरमाथा आरोहण गर्नेबाट रु २५ करोड देखि ३० करोडसम्म सरकारले आम्दानी गर्दछ । हाल हिमालको सलामी दस्तुरबापतको रकम पर्यटन मन्त्रालयले ७० प्रतिशत आफैँ राख्छ भने ३० प्रतिशत पर्यटन प्रवद्र्धनका लागि सोलुखुम्बुलाई प्रदान गर्दै आएको छ । यसरी प्राप्त भएको रु ५३ करोड अहिले विभिन्न विकासे योजनामा विनियोजन भई खर्च हुने क्रममा छ ।

प्रदेश नं १ मा सोलुखुम्बुसहित १४ जिल्ला समावेश छन् । अब के सगरमाथाको आम्दानी रकम हिमालदेखि तराई हँुदै सुदूरपूर्वसम्म जोडिएका जनताले उपभोग गर्न पाउनेछन् ? या केन्द्र सरकारले नै ग्रहण गरेर वितरण गर्नेछ ? भन्ने प्रश्न स्थानीयले गरेका छन् ।

स्थानीय दावा शेर्पा केन्द्र सरकारले यसमा ¥याल नकाढी प्रदेश र गाउँपालिकाको आम्दानीमा गाभ्दा सर्वाेत्तम हुने तर्क गर्छन् । सोलुखुम्बुमा सगरमाथासहित ल्होत्से, नुप्त्से, आमाडब्लमलगायत आधा दर्जन हिमालको पनि वार्षिक आम्दानी राम्रो छ ।

वि.सं.२०७३ फागुन २४ मंगलवार ०४:४५ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...