back
CTIZAN AD

एक क्विन्टल चरेस बरामद

वि.सं.२०७३ फागुन २४ मंगलवार

741 

shares

२४ फागनु, चितवन । चितवन प्रहरीले सोमबार ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी कविलास गाविस–१ जुगेडीबाट भारतीय गाडीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ९९ किलो चरेस बरामद गरेको जानकारी दिएको छ ।

प्रहरीले चरेससँगै गाडीका चालक भारत कठियामठिया–७ का ३७ वर्षीय सुधन साह र रक्सौल कोइरिया टोल–६ का २५ वर्षीय आदित्य साहलाई नियन्त्रणमा लिएको छ ।

्लागु औषध नियन्त्रण विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालयको ‘इन्टिलिजेन्स’ टोली, क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाको क्षेत्रीय इन्टिलिजेन्स टोली र क्राइम एक्सन प्लान (सिएपी) टोली समेतको संयुक्त प्रहरी टोलीले आज बिहान ५ बजेको समयमा जुगेडीस्थित प्रहरी चेकप्वाइन्टबाट उक्त परिमाणको लागुऔषध बरामद गरेको हो ।

जेएच–०४बी ०४४५ भारतीय नं प्लेटको टाटा सुमो गाडीमा लुकाइछिपाइ ल्याएको अवस्थामा सो परिमाणको चरेस बरामद गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।

उहाँले गाडीको अगाडिको डिक्कीमा फल्स बटम बनाई लुकाइछिपाइ राखेको अवस्थामा १०६ पोका, गाडीको पछाडि चक्का माथि फल्स बटम बनाइ राखेको अवस्थामा ९२ पोका गरी पाँच सय ग्रामका १९८ पोका चरेस बरामद गरिएको बताउनुभयो ।

पक्राउ परेका दुवै जना विरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा चलाउनका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७३ फागुन २४ मंगलवार ०३:२५ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...