back
CTIZAN AD

भुटानद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई सर्वोत्कृष्ट नागरिक पुरस्कार प्रदान

वि.सं.२०७८ पुस २ शुक्रवार

735 

shares

थिम्पु, भुटान । भुटानले शुक्रबार आफ्नो सर्वोच्च नागरिक पुरस्कार, नगाडाग पेल्गी खोर्लो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरेको छ ।

भुटानको प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पोष्टमा भारतीय प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको जानकारी गराइएको छ ।

“भूटानी नरेशबाट सर्वोच्च नागरिक सम्मानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई छानेकोमा खुशी व्यक्त गरेका छन् । भुटान राजा जिग्मे खेसार नाम्गेल वाङचुकले वर्षौंको सहयोग र विशेष गरी कोभिड–१९को महामारीको समयमा विस्तार गरिएको सहयोग र समर्थनको चर्चा गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

“भुटान नरेशले भारतद्वारा बिना शर्त बर्षौदेखि पु¥्याउँदै आएको र विशेष गरी महामारीको दौडान विस्तार गरिएको सबै मैत्रीपूर्ण सहयोग र समर्थनको चर्चा गर्दै भारतीय प्रधानमन्त्री पुरस्कारका लागि धेरै योग्य रहेको बताएका छन् । पुरस्कारका लागि भुटानका नरेश र जनताको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई बधाइ दिएको छ ।

महामारी सुरु भएदेखि नै भारतले भूटानलाई कोभिड–१९ विरूद्धको खोप तथा अन्य चिकित्सा उपकरणको रूपमा सहयोग प्रदान गर्दै आएको छ ।

यसै वर्षको सुरुतिर भुटानका प्रधानमन्त्री लोटे छिरिङले प्रधानमन्त्री मोदीलाई कोभिड–१९ खोपको प्रयाप्त मात्रा उपलब्ध गराएकोमा बधाई दिएका थिए । उनले भुटान भारतको निकट छिमेकी भएकोले अझ सुरक्षित महसुस भएको पनि उल्लेख गरेका थिए । एएनआई

 

वि.सं.२०७८ पुस २ शुक्रवार १९:५४ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...