back
CTIZAN AD

बुद्धिजीवीहरुको काठमाडौँ सम्मेलन सम्पन्न, प्रा.डा. शिवशरण महर्जन अध्यक्षमा निर्वाचित

वि.सं.२०७८ पुस ३ शनिवार

819 

shares

काठमाडौँ । काठमाडौँ जिल्ला अन्तर्गतका ११ वटै पालिकाको बुद्धिजीवीहरुले जिल्ला सम्मेलन सम्पन्न गरेका छन् ।
नेपाल बुद्धिजीवी संगठन काठमाडौँ जिल्ला समन्वय समितिको सम्मेलनले प्रा.डा. शिवशरण महर्जनको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समन्वय समिति निर्माण गरेको हो ।

नेकपा(माओवादी केन्द्र)को मुख्यालय पेरिसडाँडामा सम्पन्न सो सम्मेलनको उद्घाटन माओवादी नेता दीनानाथ शर्माले गरेका थिए । राजधानी काठमाडौँका ११ वटै स्थानीय तहबाट छानिएका उत्कृष्ट बुद्धिजीवीहरुले पार्टी र आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा उनले व्यक्त गरेका थिए ।

इन्दिरा चौलागाईंको संचालन, भरत शर्माको सभापतित्व र भरत गौतमको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता तथा काठमाडौँ जिल्ला इन्चार्ज, कुमार पौडेल, बुद्धिजीवी संगठनका केन्द्रीय संयोजक कृष्णराज केसी, सहसंयोजक नीलकण्ठ तिवारी, कार्यालय सदस्य तथा वाग्मती प्रदेश इन्चार्ज, भिमसेन गौतम, नेकपा(माओवादी केन्द्र)का वाग्मती प्रदेश सदस्य राम खनाल, लगायतका वक्ताहरुले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।

नकेपा(माओवादी केन्द्र) काठमाडौँ महानगरपालिकाका अध्यक्ष रविन्द्र श्रेष्ठसहित विभिन्न पालिकाका पार्टी प्रतिनिधि समेतको उपस्थिति रहेको सो कार्यक्रममा बुद्धिजीवीका कार्यालय सदस्यहरु लक्ष्मी पण्डित, कल्पना शर्मा, प्रा.डा. शिवकुमार राई तथा संगठनका निर्वाचन आयोग प्रमुख उपेन्द्र पौडेल लगायत केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

मनहरी तिम्लिसिना, ज्ञानेन्द्र नेपाल र कुमार खरेल रहेको निर्वाचन समितिले ४ सदस्य पछि थप्ने गरी ५१ सदस्यीय समन्वय समितिको नाम प्रस्ताव गरेपछि हलबाट अनुमोदन गरिएको थियो । नवनिर्वाचित पदाधिकारीलाई संगठनका कार्यालय सदस्य कृष्ण कोपीलाले शपथ खुवाएका थिए भने नवनिर्वाचित समितिको तर्फबाट अध्यक्ष प्रा.डा. शिवशरण महर्जनले प्रतिबद्धता मन्तव्य राखेका थिए ।

सम्मेलनका सहजकर्ता तथा वाग्मती प्रदेश सचिव भरत गौतमका अनुसार सो समितिको उपाध्यक्षमा इन्जिनियर रामशरण सापकोटा, सरिता शर्मा र किशोर दुलाल, सचिवमा धर्म डंगोल, सहसचिवमा धनकुमारी पाण्डे, कोषाध्यक्षमा भुवनेश्वर देवकोटा र सदस्यहरुमा लवाङ लामा, प्रकाश दंगाल, चक्रमान श्रेष्ठ, चण्डिका दंगाल, द्रोण आचार्य, नारायण रेग्मी, रामेन्द्र रायमाझी, दिलेन्द्रप्रसाद ढकाल, मिमिजान मिया, गोकर्ण पराजुली, चन्द्रराज अधिकारी, भुवनमान शाक्य, विनोद शाही, टि.आर थापा, अशोक शिवा, लालबहादुर शिवा, हरिप्रसाद पुडासैनी, खेचर खत्री, सोनाम शर्मा रहेका छन् ।

त्यस्तै रमेश खड्का, माधव आचार्य, शंकर भण्डारी, गिरीराज सुवेदी, बद्री न्यौपाने, घनलाल काफ्ले, बाबुराम घिमिरे, मदनकुमार डंगोल, बाबुराम दाहाल, लोकबहादुर खड्का, प्रेमप्रसाद लामिछाने, अर्जुन बुर्लाकोटी, धर्म योन्जन, इश्वरीचन्द्र घिमिरे, हेम कोइराला, शितल कंडेल, कृष्ण केसी, प्रचण्ड श्रेष्ठ, जयकृष्ण महर्जन, विनिता रेग्मी र चन्द्रबहादुर गोपाली सदस्यमा निर्वाचित भएका छन् ।

वि.सं.२०७८ पुस ३ शनिवार १८:१० मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...