काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजेका लागि बोलाईएको बैठकमा संसद गतिरोध अन्त्य लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
लामो समयदेखि एमालेद्धारा निरन्तर संसद अवरोध गर्दै आएपछि संसदको कामकारबी ठप्प रहेका बेला यसको हलका लागि प्रधानमन्त्रीले सर्वदलिय बैठकको आव्हान गरेको बताइएको छ ।
बैठकमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा(एकिकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल, राप्रपा लगायत दलका शिर्ष नेतृत्वको सहभागीता रहने पनि सचिवालयले जनाएको छ ।
गत मंसिर २८ गते बसेको संसदको हिउदे अधिबेशनको पहिलो बैठकमा एमालेले बैठक सुरुहुनु अगावै विरोध जनाएको थियो । तत् पश्चात सभामुख अग्नि सापकोटाले पुष ६ गतेसम्मका लागि बैठक स्थगीत गरेका थिए । file photo
वि.सं.२०७८ पुस ४ आइतवार ०८:५२ मा प्रकाशित




























