काठमाडौं । संसदको गतिरोध र एमसीसीलगायतका विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा प्रमुख प्रतिपक्षी एमाले बाहेकका दलका शीर्ष नेताहरु उपस्थित छन् ।
बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपालगायतका शीर्ष नेताहरुको उपस्थित छ ।
जारी बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने उपस्थित छैनन् । बैठकको सुरुवात हुने बेलामा पुगेको अध्यक्ष नेपाल लगत्तै फर्किएका थिए ।
एकीकृत समाजवादीका नेताहरुको उपस्थितिलाई देखाएर एमालेले भने बैठकलाई बहिस्कार गरेको छ । उसले बैठक अर्थपूर्णं नरहेको प्रतिक्रिया दिएको छ ।
वि.सं.२०७८ पुस ४ आइतवार १७:११ मा प्रकाशित




























