back
CTIZAN AD

गाउँमै पुगेर नागरिकताका लागि सहजीकरण गर्दै

वि.सं.२०७८ पुस ५ सोमवार

687 

shares

मार्तडी । बाजुरा जिल्ला प्रशासन कार्यालयले यहाँका नौवटै पालिकाका वडामा पुगेर नागरिकताको प्रमाणपत्रका लागि लगत सङ्कलन गर्न थालेको छ । अर्थोपार्जनमा कमजोर भएका, अपाङ्गता र अशक्त नागरिकका लागि आफन्तबाट गाउँमै सनाखत गराउँदै लगत सङ्कलन गरी जिप्रकाबाट पछि वितरण गर्नेगरी नागरिकता सहायता कार्यक्रम सञ्चालन गरिएको प्रजिअ गोपालकुमार अधिकारीले राससलाई बताए ।

दुर्गम तथा हिमाली पालिकाका विकट वडाका नागरिकलाई गाउँमै सहजरुपमा नागरिकता प्रदान गर्नका लागि प्रशासनले वडा कार्यालयको सिफारिस र आफन्तको सनाखतअनुसार विवरण सङ्कलन गर्न थालिएकोे उनको भनाइ थियो ।अतिविपन्न र अपाङ्गता भएका र अशक्त एकल महिलालाई जिल्लामा आएर नागरिकता लिन सकस हुने भएकाले पूर्वी र उत्तरी भेगका चार पालिकामा कर्मचारी खटाएर विवरण सङ्कलन गर्दै जिल्लामा ल्याउने गरिएको प्रजिअ अधिकारीले बताए ।

यहाँको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकामा प्रशासनको टोलीले नागरिकता सहायतामा सहजीकरण गर्दै आएको छ । पालिकाका वडा कार्यालयले सिफारिस गरेका नागरिकको आवश्यक प्रमाण अपुग भएमा प्रमाण जुटाउनका लागि सहजीकरण गर्दै उक्त विवरण सङ्कलन गरिएको हो ।

बिहीबार र शुक्रबार जगन्नाथ गाउँपालिकाको जुड्डीमा १९० जनाको र हिमाली गाउँपालिकामा पनि शनिबार र आइतबार गरी २७५ जनाको विवरण सङ्कलन गरिएको छ । गाउँपालिकामा रहेका नागरिकको नागरिकताका लागि आश्वयक प्रमाण जुटाएर उनीहरुलाई एक साताभित्र नागरिकता दिने गरी विवरण सङ्कलन गरिएको प्रजिअ अधिकारीले बताए ।

वि.सं.२०७८ पुस ५ सोमवार १५:१४ मा प्रकाशित

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...