back
CTIZAN AD

नेप्सेमा दोहोरो अकंको गिरावट, २ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

वि.सं.२०७८ पुस ५ सोमवार

543 

shares

५ पुष, काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजार (नेप्से) १७ दशमलब ९३ अकंले घटेर २३५८ दशमलब ८१ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि २ दशमलब ३४ अकंले घटेर ४५१ दशमलब १९ बिन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २३१ कम्पनीको २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८ सय ६३ रुपैंया बराबरको ५४ लाख ३९ हजार ८७ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ३७ हजार ३ सय ६७ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा गोर्खाज फाइनान्स, हिमालयन डिष्टिलरी, कृषि विकास बैंक, नविल बैंक, मञ्जुश्री फाइनान्स, नेशनल हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा गोर्खाज फाइनान्स, एचआईडिसिएल, कृषि विकास बैंक, नेशनल हाईड्रोपानवर, नेपाल बङ्गलादेश विकास बैंक, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज नेप्सेमा दोहोरो अकंको गिरावट आउँदा पनि २ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज गोर्खाज फाइनान्स र हिमालयन डिष्टिलरीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

वि.सं.२०७८ पुस ५ सोमवार १५:१४ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...