काठमाडौं । नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको मतगणना जारी रहेको छ ।
कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत गत सोमबार भएको निर्वाचनको मतगणना गर्ने क्रम अर्झै जारी रहेको छ । हाल विभिन्न कलस्टर र क्षेत्रका केन्द्रीय सदस्यको मत गणना जारी रहेको छ ।
आइतवारदेखि सुरु गरिएको महिला केन्द्रीय सदस्य पदका लागि खसेको मतमध्ये १३६४ मत गणना हुँदा ८०२ मत ल्याएर पुष्पा भुसाल अगाडि रहेकी छन् ।
त्यसैगरी आरजु राणा देउवा ७२८ मतसहित दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा अम्बिका बस्नेतले ६५८ मत प्राप्त गरेकी छन् ।
त्यसैगरी ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाई ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मत ल्याएर अग्रस्थानमा रहेका छन् ।
नेपाली कांग्रेसको ९ जना खुला महिला केन्द्रीय सदस्यका लागि ३० जनाले उम्मदेवारी दिएका छन् ।
नेपाली कांग्रेसको खुला महिला सदस्यको मत गणना जारी,को–को छन त अगाडि ?
वि.सं.२०७८ पुस ५ सोमवार १५:१५ मा प्रकाशित






























