back
CTIZAN AD

समयमा मल नपाउँदा किसान चिन्तित

वि.सं.२०७८ पुस ११ आइतवार

708 

shares

सर्लाही । किसान अहिले मल नपाएर चिन्तित बनेका छन् । उनीहरु खेतीको समयमा मल नपाउँदा चिन्तित बनेका हुन् । हिउँदेबालीका लागि पकेट क्षेत्र मानिने सर्लाहीमा आवश्यक मात्रामा मलखाद नपाउँदा किसानले लगाएको बाली बिग्रिने चिन्ता बढेको छ । जिल्लामा अहिले गहुँबालीको समय रहेको र गहुँबालीमा मल हाल्न नपाउँदा आफूहरुको मेहनत खेर जाने चिन्ता बढेको किसान रामपुकार महत्तोले गुनासो गरे ।

मलखाद नपाएर किसानलाई बाली बिग्रिने चिन्ताले सताएको छ । मलखादका बिक्रेताले मलखाद चर्काे मूल्यमा बाहिरै बेच्ने गरेको किसानको आरोप छ । सर्लाहीमा युरिया एक हजार बोरा र डिएपी ८०० बोरा आयात भएकामा युरियाप्रति बोरा रु ८१५ र डिएपी मल प्रतिबोरा रु दुई हजार २६५ मा सहकारी संस्थामार्फत बिक्रीवितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख दीपक थापा मगरले बताए ।

उनका अनुसार स्थानीय निकायको सिफारिसमा आएका डिलरलाई कार्यालयमा आएको मल दामासाहीले वितरण गरिएको छ । डिलरवालाले सरकारी अनुदानमा पाएको मलखाद चर्काे मूल्यमा बिक्रीवितरण गरिरहेको किसानको आरोप छ । सरकारी अनुदानको मलखाद जिल्लाका ग्रामीण क्षेत्रमा रहेका किराना पसलदेखि औषधि पसलमा समेत खुलेआम चर्काे मूल्यमा बिक्रीवितरण भइरहेको किसानले बताएका छन् ।

जिल्लामा सरकारी अनुदानमा आएको युरिया मल अहिले प्रतिबोरा रु एक हजार २०० देखि रु एक हजार ५०० र डिएपी मल रु तीन हजारदेखि रु तीन हजार ५०० सम्ममा किन्न बाध्य भएका छन् । कृषि सामग्री कम्पनी लिमिटेडले बिक्री वितरण गरेको मलको वस्तुगत अवलोकन तथा अनुगमन गर्नुपर्ने स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालय निष्क्रिय भएका कारण अहिले आफुहरुले चर्काे मूल्यमा मलखाद खरिद गर्नुपरेको उनीहरुको आरोप छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय निकायले सिफारिस गरेका कृषि सहकारीलाई सरकारी दरमा मल दिएको जनाउँदै अनुगमनको काम आफ्नो नभएको भन्दै पञ्छिने गरेको छ । जिल्लामा रहेका २० पालिकाले सिफरिस गरेका १७० कृषि सहकारीमार्फत कार्यालयले मल वितरण गरी रहेको छ ।
रासस

वि.सं.२०७८ पुस ११ आइतवार ११:५८ मा प्रकाशित

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ...

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासी बस्ती...