१२ पुष, काठमाडौँ । साताको दोस्रो दिन सेयर बजार नेप्सेमा ६९ अकंले पहिरो गएको छ । आज सेयर बजार ९नेप्से० ६९ दशमलब ७७ अकंले घटेर २५२१ दशमलब ६५ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १० दशमलब ८५ अकंले घटेर ४७१ दशमलब ८५९ विन्दुमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २३८ कम्पनीको ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ रुपैंया बराबरको १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ६७ हजार ७ सय ७० पटक लेनदेन भएको हो ।
कारोबार रकमको आधारमा नविल बैंक, सिभल सिमेन्ट, नेपाल लाईफ इन्स्योरेन्स, हिमालयन डिष्टिलरी, महालक्ष्मी विकास बैंक, जिवन विकास लघुवित्त लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा मेघा बैंक, महालक्ष्मी विकास बैंक, जोशी हाईड्रोपावर, अपी पावर, अरुण भ्याली हाईड्रोपावर एचआईडिसिएल लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सबै भन्दा धेरै कमाउनेमा गोर्खाज फाइनान्स, मध्य भोटेकोशी जलविद्यृत, सामलिङ्ग पावर, मेगा बैंक, माहुली लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।
वि.सं.२०७८ पुस १२ सोमवार १५:४० मा प्रकाशित




























