काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गतको बन्दशत्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । कमलदीस्थित प्रज्ञाप्रतिष्ठानमा जारी बन्दशत्रमा प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादीको नेपाली बाटो’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
प्रचण्डले प्रतिवेदनमा नेपालमा समाजवादको संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा, अन्तराष्ट्रिय परिस्थितिको समीक्षा र निचोड, विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य, पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन, नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीतिक कार्यनीतिसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरु, पार्टीका तात्कालिक नीति, योजना र कार्यक्रमको रुपरेखा प्रतिवेदनमा उल्लेख गरेका छन् ।
चर्चामा रहेको ‘प्रचण्ड पथ’बारे प्रचण्डले प्रष्ट शब्दमा नब्यूँताउने उल्लेख गरेका छन् । बन्दशत्रमा सहभागी एक प्रतिनिधिले जनाएअनुसार प्रचण्डले ‘प्रचण्ड पथ’लाई सन्दर्भ सामाग्री मात्रै बनाउनुपर्ने धारणा राखेका छन् ।
माओवादीभित्र महाधिवेशनको सुरुवाती भएसँगै ‘प्रचण्ड पथ’ ब्यूँताउनुपर्ने विषयमा बहस चलेको थियो । नेताहरुले आफ्नो मौलिक आधारको रुपमा ‘प्रचण्ड पथ’ ब्यूँताउनुपर्ने भनाइ राखेका थिए ।
सम्बन्धित समाचार
२१ औं शताब्दीमा समाजवादीको नेपाली बाटो कस्तो ? प्रचण्डको राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव
वि.सं.२०७८ पुस १२ सोमवार १५:३८ मा प्रकाशित






























