back
CTIZAN AD

२१ औं शताब्दीमा समाजवादीको नेपाली बाटो कस्तो ? प्रचण्डको राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव

वि.सं.२०७८ पुस १२ सोमवार

696 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको बन्दसत्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औं शताब्दीमा समाजवादीको नेपाली बाटो’ शीर्षकको वैचारिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । कमलादीस्थित प्रज्ञाप्रतिस्ठानमा जारी बन्दसत्रमा प्रचण्डले उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रचण्डले पुँजीवादीहरुले विश्वमा गठबन्धन बनाइरहेको र राजनीतिक ध्रुविकरण बढिरहेको बताएका छन्। यस्तै, धनी राष्ट्रहरुका कारण जलवायु परिवर्तनको असर बढ्दै गएको उनको दाबी छ।

प्रतिवेदनमा प्रचण्डले समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख गरेका छन् । वर्तमान संविधान विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरू जोगाउन पार्टीले विशेष भूमिका खेल्ने पनि उक्त प्रतिवेदनमा उल्लेख भएको सहभागी एक प्रतिनिधिले जनाए ।

प्रचण्डले नेपालमा समाजवादको संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा, अन्तरराष्ट्रिय परिस्थितिको समीक्षा र निचोड, विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य, पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन, नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीतिक कार्यनीति, समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरु, पार्टीका तात्कालिक नीति, योजना र कार्यक्रमको रुपरेखा प्रतिवेदनमा उल्लेख गरेका छन् ।

वि.सं.२०७८ पुस १२ सोमवार १४:१९ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...