back
CTIZAN AD

एमसीसीमा राष्ट्रघात देख्दिन भन्नु बाह्रय शक्तिप्रति प्रधानमन्त्रीको नांगो भक्ति-डा. भिम रावल

वि.सं.२०७८ पुस १२ सोमवार

837 

shares

काठमाडौं । नेकपा एमालेका नेता डा. भिम रावलले एमसीसीमा कहि पनि ‘राष्ट्रघात’ देख्दिन भन्नु बाह्रय शक्तिप्रति प्रधानमन्त्रीको नांगो भक्ति भएको आरोप लगाएका छन् ।

आइतवार नेकपा माओवादी केन्द्रको आठौं महाधिबेशन उद्घाटका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सित्तैमा आएको र त्यसमा कहिपनि राष्ट्रघात भएको आफुले नेदेखेको भन्ने अभिव्यक्ति दिएपछि त्यसको सबैतिर आलोचना भइरहेको छ ।

‘प्रमं देउवाले एमसीसीसंगको सम्झौता अरूले नपढेको भन्दै सबैलाई मूर्ख ठान्ने सामन्ती दम्भ देखाउनु भएको छ । सम्झौतामा ’कहीं राष्ट्रघात नदेखेको’ र ’सित्तैमा आएको पैसा किन नलिने’ भन्नु नेपालको हित,स्वाधीनता र अधिकारमा आँच पुग्ने प्रावधानप्रति आँखा चिम्लेर वाह्य शक्तिको नांगो भक्ति हो ।’ डा. रावलले सामाजिक संजाल ट्विटरमा भनेका छन् ।

डा. रावलले पनि मूल सम्झौतासंगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरूपयोग गर्न एमसीसी अन्तर्गत आउने रकमलाई ’सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति भएको बताएका छन् । डा. रावलले यस्तो कुरा नेपाल सार्वभौम,स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्नै नसक्ने समेत बताएका छन् ।

 

वि.सं.२०७८ पुस १२ सोमवार १४:१२ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...